माओवादी प्रदेश कमिटीको नेतृत्व चयन

0
634

बिराटनगर ।

नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो)१६९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा ७ मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन् । उनीहरुले क्रमशः १२०, ११३ र १११ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी (सीपी कडरियाले ८३ मत प्राप्त गरे । तीन जना सहसचिव पदमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत प्राप्त गरी विजयी भएका छन् भने कोषाध्यक्षमा रेवतराज पुरी (गगन) ले ९३ मत प्राप्त गरी विजय हासिल गरे । उनका निकटतम् प्रतिस्पर्धी बन्दना झाँगडले ५७ मत प्राप्त गरेकी छिन् ।

नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । गत मंसीर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here