लागूऔषध गाँजा सहित एक पुरुष पक्राउ

0
538

झापा।

झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित एक जना ब्यक्ति पक्राउ परेका छन ।

पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका ६ का ४६ वर्षीय वीरकुमार राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी गर्दा पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १६० ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जजनाएको छ ।

गाँजा सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here