साङ्वेदमा मुटु परीक्षण

१३ पुष २०७८, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

बिर्तामोड–२, चारपानेस्थित साङ्वेद संस्कृत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सो विद्यालयमा अध्ययनरत् बिद्यार्थीहरुको मुटुको अवस्थाको परीक्षण गरिएको छ ।

बिर्तामोडस्थित सञ्जीवनी अस्पतालको आयोजनामा उक्त अस्पतालका डाक्टर सीपी यादव नेतृत्वको टोलीले विद्यार्थी, शिक्षक तथा स्थानीय वृद्धवृद्धा गरी दुई सय ४७ जनाको मुटुको जाँच गरेको हो ।
विवेकाश्रमस्थित सो संस्कृत माध्यमिक विद्यालयमा आवासीय सुविधामा रहेका विद्यार्थीहरुलाई स्वास्थ्य सेचतना र परामर्श दिँदै डाक्टर यादवले अस्पतालकातर्फबाट आवश्यक औषधि पनि निःशुल्क वितरण गरेका थिए ।

विद्यालयमा अहिले स्वर्ण महोत्सव वर्षको सन्दर्भमा धार्मिक अनुष्ठानसहित सेवामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पण्डित छन्दुराम भण्डारीले जानकारी दिए ।
स्वास्थ्य सेवाको क्षेत्रमा बेग्लै पहिचान बनाएका डाक्टर यादव र उनी सम्बद्ध सञ्जीवनी हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम अनुसार सेवामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

यसपटक कोरोना भाइरसको जोखिम समेत कायम रहेको सन्दर्भमा सो अस्पतालले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै खासगरी मुटुको सुरक्षाका विषयमा परामर्श दिएको प्रधानाध्यापक दामोदर न्यौपानेले बताए ।

परीक्षण गरिएकामध्ये नौ जनालाई थप परीक्षणका लागि अस्पताल बोलाइएको र उनीहरुको आवश्यक परीक्षण अस्पतालले निःशुल्क रुपमा गर्ने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here