विरोधपछि नयाँ शब्दमा सनी लियोनीको ‘मधुवन’

१३ पुष २०७८, मंगलवार मा प्रकाशित

मुम्बई ।

भारत मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको चेतावनीपछि म्युजिक कम्पनी सारेगामाले अभिनेत्री सनी लियोनीले अभिनय गरेको म्युजिक भिडियो ‘मधुवन’ मा परिवर्तन गर्ने घोषणा गरेको छ ।

भिडियोमा आएको प्रतिक्रिया र देशका नागरिकको सम्मान गर्दै मधुवन गीतको नाम र शब्द परिवर्तन गर्ने सारेगामाले प्रतिबद्धता जनाएको छ । उसले तीन दिनभित्र सबै प्लेटफर्ममा रहेको पुरानो गीत हटाएर नयाँ गीत राख्ने बताएको छ ।

हालै गृहमन्त्री मिश्राले अभिनेत्री सनी र गीतका गायकलाई चेतावनी दिँदै भिडियोका लागि माफी माग्न र तीन दिन भित्र भिडियो नहटाए कारवाही भोग्न तयार रहन भनेका थिए । यसअघि मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाची मुखर्जीले आफ्नो मंगलसूत्रको विज्ञापन फिर्ता लिएका थिए ।

यो गीतमा सन् १९६० को फिल्म ‘कोहिनूर’मा मोहम्मद रफीले गाएको गीतको केही शब्द पनि थियो । यो गीतमा मथुराका पुजारीहरूले पनि आपत्ति जनाएका थिए ।

अखिल भारतीय तीर्थ पुरोहित महासभाका राष्ट्रिय अध्यक्ष महेश पाठकले सनीको गीतका कारण बृजभूमिको प्रतिष्ठालाई अपमानजनक ढंगले धमिलो बनाएको आरोप लगाएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here