‘हिटम्यान’मार्फत तेलुगु फिल्ममा आँचलको डेब्यु

१३ पुष २०७८, मंगलवार मा प्रकाशित

काठमाडौं।

नेपाली फिल्म उद्योगकी चर्चित नायिका आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यु गरेकी छिन् । नेपालमै छायाँकन गर्ने तेलुगु फिल्म ‘हिटम्यान’ मा आँचल प्रम्ख भुमिकामा देखिने भएकी हुन् ।

उक्त फिल्म १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन हुने जनाइएको छ । उनको अपोजिटमा नेपाली मुलका तेलुगु कलाकार विष्णु अधिकारी रहनेछन् । उनी फिल्मका निर्देशक समेत पनि हुन् ।

हिटम्यान फिल्मको कथा नेपाल र भारतसँग जोडिएको छ । फिल्ममा नेपालमा खिचिएको पाट नेपालीमै र भारतमा खिचिएको पार्ट हिन्दीमा नै समावेश गरिएको छ ।

नेपालको पार्टमा आँचल र भारतको पार्टमा अदिती शर्मा छिन् । फिल्म आउँदो मार्चमा रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here