बिर्तामोडमा दुगड स्पाइसीस् फुड प्रोडक्ट प्रालिका सबै सामान एकै ठाउँमा

१३ पुष २०७८, मंगलवार मा प्रकाशित

झापा ।

झापाको बिर्तामोडमा दुगड स्पाइसीस् फुड प्रोडक्ट प्रा.लि. द्वारा उत्पादित सबै प्रकारका सामान एकै ठाउँमा सहज रुपमा पाइने भएको छ । दुगडले उत्पादन गरेका सबै सामग्री एकै ठाउँमा पाइने गरी बिर्तामोडको शनिश्चिरे रोडस्थित अभिषेक सप्लायर्समा सेन्च्यूरी स्पाइस स्नाक्स् हाउस सञ्चालनमा आएको हो ।

हाउसको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र दुगड स्पाइसीस् फुड प्रोडक्ट प्रालिका सञ्चालक विनोद दुगडले संयुक्त रुपमा रिवन काटेर गरेका हुन् ।

किचनमा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री एकै छातामुनि उपलब्ध गराउने उद्देश्यले हाउस सञ्चालनमा ल्याइएको सञ्चालक भगवानदाश अग्रवालले जानकारी दिए ।

तीन दशकदेखि दुगडको सामग्री बिक्री गर्दै आएका अग्रवालले पूर्वी पहाडी जिल्लाका समेत ग्राहकलाई सेवा दिने गरी सेन्च्यूरी स्पाइस स्नाक्स् हाउस सञ्चालनमा ल्याएको बताइएको छ ।

शुद्ध र उच्चस्तरीय क्वालिटीमा उपलब्ध हुने सामग्रीमा मसलाका सबै प्रकार, चिया, बच्चालाई लक्षित गर्दै चोकोस् सहितका सामग्री उपलब्ध हुने बताइएको छ । दुगडको डिलर बिर्तामोडका लागि पाँचौं रहेको र दमकसहित बिराटनगर, इटहरी, काठमाडौंमा कार्यालय सहित सेवा उपलब्ध गराउँदै कम्पनीका आएको सञ्चालक विनोदले बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरु राजेन्द्रकुमार थापा, डम्मर थापा, वेद प्रकाश अग्रवाल, वावुलाल अग्रवाल, सुरेश कुमार अग्रवाल भद्रपुरे, सन्तोष अग्रवाल लगायत सहभागी थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here