औषधि व्यवसायमा विकृति, चार जनाले साढे छ हजार औषधि पसलको अनुगमन गर्नुपर्ने बाध्यता

0
689

झापा ।

स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधि व्यवसायमा पछिल्लो समय विकृति मौलाएको छ ।

औषधि पसलको अनुगमनको जिम्मा पाएको औषधि व्यवस्था विभागमा सरकारले पर्याप्त जनशक्ति दरबन्दी नगर्दा प्रभावकारी नियमन हुन समस्या परेको जनाइएको छ ।

प्रदेश न १ को १४ जिल्ला र प्रदेश न २ को सिराहा र सप्तरीका औषधि पसलहरुको अनुगमनको लागि चार जना फार्मेसी निरीक्षकले छ हजार पाँच सय औषधि पसलहरुको निरीक्षण र अनुगमन गर्नुपर्ने वाध्यता रहेको औषधि व्यवस्था विभाग बिराटनगर शाखाका निमित्त प्रमुख सञ्जिव शर्मा कट्टेलले बताए ।

निमित्त प्रमुख सञ्जिव शर्मा कट्टेल

गतबर्ष छ सय १० वटा औषधि पसलको अनुगमनमा २८ वटा पसल दर्ता नगरी सञ्चालन भएकालाई दर्ता प्रक्रियामा ल्याइएको थियो । औषधि पसलमा म्याद नाघेका औषधि बिक्री वितरण भएका,दर्ता नभएका औषधी लगायतका कैफियत देखिएका व्यवसायी ३० पसललाई निलम्बन र १८ वटा मुद्दा दर्ता गरी ३५ जनालाई पक्राउ गरिएको थियो ।

यस आर्थिक बर्षमा दुई सय ५५ औषधि पसलको अनुगमनको क्रममा १५ व्यवसायीलाई निलम्बन गरी १० जनालाई मुद्धा दायर गरी कारवाही गरिएको छ । अनुगमनको क्रममा लागू तथा मनोदीपक औषधिहरुको तथ्याकं उच्चतम उपभोग नभएको पाइएको छ ।

खुला सिमानाका कारण नेपालमा दर्ता नभएका लागू औषधिहरुको प्रयोग भारतबाट अवैध रुपमा भित्रिदा समस्या बढेको छ । ट्रमाडोल, डाइसाइक्लोमिन,टेपेनटाडोल, स्पास्मो प्रोक्सिभोन लगायतका औषधिकोतस्करी माध्यमबाट आयात भइरहेको र प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको निम्त्ति प्रमुख कट्टेले जानकारी दिए ।

औषधि पसलहरुमा बिक्री गरिने सर्जिकल सामान, खाद्यपुरकतथा कस्मेटिक आइटम्सको हालसम्म औषधि व्यवस्था विभागमा दर्ता तथा नियमन नभएको हुँदा सो वस्तुको अनुचित प्रयोग र उच्चतम मुल्यका कारणले बिरामी ठगिने गरेको औषधि व्यवस्था विभागका बिराटनगर शाखाका निमित्त प्रमुख कट्टेलले बताए । त्यस्ता बस्तुको प्रयोगमा औषधि व्यवस्था विभागको नियमन हुन आवश्यक देखिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here