देश /परदेश

0
531

हिँड्दा,
हिँड्नु अघि
संघार बाहिर निस्कने बित्तिकै
आँखाबाट
एउटा थोपो आँशु खसेर
उसको पाइतालाले
कुल्चिएको चिसो टाटो
अझै सुकेको छैन

दिनहरु बिते
बर्षहरु बिते
र, थुप्रै
दशक एवम्
केही शताब्दी नै बित्यो
उसले घर छाड्दा
संघारमा खसाएर टेकेको
आँशुको थोपाको चिसो टाटो
मलाई थाह छैन–
केवल
उसको पीडा मात्र हो कि
मेरी आमाको
सदैव दुखिरहने
र कहिल्यै निको नहुने
दीर्घरोगको औडाहा पनि हो…

दुख्छ उसलाई हर क्षण
विपन्न हँुदा मात्र दुख्ने होइन रहेछ
सम्पन्न हुँदा पनि दुख्ने रहेछ
हो, आमाको न्यानो काखको
कुनै अर्काे
विकल्प
नहुँदो रहेछ !

फेरि पनि
तपाइँ परदेशमा बसेर रुनोस्
म तपाइँको आँशुमा
देशमा बसेर आँखाभरि
रुन्छु !

निरन्तर…
व्रmमशः…
पहिला–पहिला त आँशु
आँखाबाट बाहिर निस्कन्थ्यो
तर, क्रमशः…
मान/अपमानले
ग्लानी/पीडाले
आँखाको भित्रभित्रै
आँशु जम्मै
एकमुष्ट भएर
मुटुमा रुन थाल्यो !

भद्रपुर, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here