एमबीए तेस्रो ब्याचका विद्यार्थीको विदाइ

0
555

बिर्तामोड ।

बिर्तामोडस्थित बाल्मीकि लिङ्कन कलेजलबाट एमबीए तेस्रो ब्याच उत्तीर्ण गरेका विद्यार्थीहरुलाई एक विशेष समारोहकाबीच विदाइ गरिएको छ ।

पूर्वमा पहिलो अन्तर्राष्ट्रिय विश्वविद्याालयको सम्बन्धन प्राप्त सो कलेजले मेचीनगर नगरपालिकास्थित मेची काउन होटलमा आयोजित कार्यक्रमममा बीबीए आठौं सेमिष्टार पूरा गरेका विद्यार्थीहरुलाई समेत विदाइ गरिरएको थियो ।

विश्व बजारको मागलाई ध्यानमा राखी सो कलेजले यसै वर्षदेखि सूचना प्रविधि (बीआइटी) र होटल व्यवस्थापन (बीएचएम)को कक्षा पनि प्रारम्भ गरेकको सो विदाइ तथा नवागन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा जानकारी दिइएको थियो ।

बाल्मीकि एजुकेशन फाउण्डेशनको छानामुनी सञ्चालित बाल्मीमि लिङ्कन कलेज सुविधासम्पन्न, शान्त परिवेश र शहरको कोलाहरबाट अलग्गै पूर्व प्राथमिकदेखि स्नातकाकेत्तर रतहसम्मको अध्ययन अध्यापन गर्ने सुरक्षित गन्तव्य बनेको छ ।

फाउण्डेशनका अध्यक्ष तथा संस्थाापक गोपालकुमार बस्नेतको अध्यक्षामा भएको कार्यक्रममा प्रिन्सिपल किशोर बस्नेतले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, उद्योग वाणिज्य संघ, बिर्तामोडका पूर्व अध्यक्ष कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य दिँदै शिक्षा सेवाका क्षेत्रमा बाल्मीकि एजुकेशन फाउण्डेशनको योगदान उच्च रहेकको भन्दै विद्यार्थीहरुलाई उच्चतम्् उपलब्धी हासिल गर्न शुभकामाना दिएका थिए ।

कार्यक्रममा अध्ययन पूरा गरेका विद्यार्थीहरु तृप्ति सुनुवार र आशिष अधिकारीले कलेजमा आफूहरुले प्राप्त गरेको शिक्षा र वातावरणको प्रशंसा गररेका थिए । असल मोटिभेटरका रुपमा परिचित तथा युवा व्यवसायी डा. आशिष शर्माले उत्प्रेरणाामूलक मन्तव्य दिएको कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्ना अतिरिक्त कुशलता गीत तथा नृत्यको माध्यमबाट प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु रोजिना पोखरेल र शेखर गिरीले संयुक्तरुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here