शिक्षक पदपूर्तिको विज्ञापन तत्काल रद्द गर्न सङ्गठनको माग

0
645

पार्थ मण्डल,झापा।

कचनकवल गाउँपालिका–२ सुकुनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविले नियमविपरीत निकालिएको राहत कोटाका शिक्षक पदपूर्तिको विज्ञापन तत्काल रद्द गर्न माग गरेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले एक विज्ञप्तिमार्फत यस्तो माग गरेको हो । दबाबमा शिक्षक नियुक्ति भन्ने शीर्षकमा पूर्वाञ्चल दैनिकमा समाचार प्रकाशन भएकै दिन शिक्षक सङ्गठन कचनकवल गाउँपालिकाका अध्यक्ष ताराप्रसाद रेग्मी र सङ्गठनका केन्द्रीय शिक्षक परिषद् सदस्य रत्नकुमार बुढाथोकीले सो विषयमा ध्यानाकर्षण गराउँदै हस्ताक्षरसहितको विज्ञप्ति निकालेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– सङ्गठनले एकात्मक राज्यसत्ताले थोपरेको शैक्षिक विकृति र विसङ्गति उपर लामो समयदेखि आफ्नो आधिकारिक धारण राख्दै सर्वशुलभ गुणस्तरीय शिक्षाका लागि गम्भीर भइरहेको वर्तमान अवस्थामा कचनकवल गाउँपालिका र लक्ष्मीप्रसाद देवकोटा माविले रिक्त निमावि दरबन्दीमा सरुवा आउन इच्छुक शिक्षकलाई रोकी उक्त रिक्त नेपाली दरबन्दी सहजताका लागि अंग्रेजी रूपान्तरण गरी मंसीर २८ गते खुला करार विज्ञापनको सूचना १५ दिनसम्म शिक्षा सेवा आयोगको करार सूचीमा रहेका उम्मेदवारहरूको क्षेत्राधिकार भित्र रहे पनि उक्त पदपूर्तिको सूचना विद्यालय प्रशासनले लुकाइ १५ दिने म्याद गुजारी सार्वजनिक भएको पाइएकोले विद्यालय र गाउँपालिको मिलेमतोमा शिक्षक पदपूर्तिको परीक्षा रहने देखिएकाले तत्काल उक्त विज्ञापन र परीक्षा रद्द गरी खुला, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट पदपूर्ति गर्न तत्काल हाम्रो सङ्गठन गम्भीर ध्यानाकर्षण गर्न चाहन्छ ।

सस्तो लोकप्रियताका लागि स्थानीय सरकारले कचनकवलभित्र रहेका सामुदायिक विद्यालयहरूमा शिक्षक पदपूर्ति तथा शैक्षिक योजना तर्जुमा र निर्माण बारम्बार आफ्नो भोट बैङ्क स्थापनाको लागि नातावाद र कृपावाद माध्यमबाट भर्ती प्रक्रिया गर्दै आवश्यक विषयहरू समेत रूपान्तरण गरी रोजगारी दिलाउने प्रक्रियाका कारण शैक्षिक गुणस्तरमा नकारात्मक असर परेको र दक्ष शैक्षिक जनशक्तिले सदैव पार्टीको पछाडि पर्नुपर्ने बाध्यताको अन्त्य गर्दै विज्ञापन अनुमति लिएर पर्खाइमा बसेका विद्यालयको सोही विषयमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गरी विद्यार्थीलाई पढ्न पाउने अधिकार प्रदान गर्दै गुणस्तरीय शिक्षा र योग्यतम जनशक्तिलाई अवसर प्रदान गर्न सङ्गठन आग्रह गर्दछ ।

यता विद्यालयले शिक्षक पदपूर्तिको विज्ञापन खुलाउँदा जारी मितिसहित समयावधि तोकेर सम्बन्धी निकायहरूमा टाँस गर्नुपर्ने हुन्छ । शिक्षा ऐन तथा नियमावलीमा ९५० उपनियम ९३० बमोजिम शिक्षक नियुक्तिको लागि गरिएको विज्ञापनको सूचना शिक्षा समन्वय इकाई, सम्बन्धी विद्यालयको स्रोत केन्द्र र सम्बन्धी पालिकामा टाँस्नु पर्ने छ ।

तर, विद्यालयले सार्वजनिक गरेको सूचना १५औं दिनका दिन विद्यालयमा मात्र टाँस गरेको छ । अन्य कुनै निकायमा नटाँसेको पाइएको छ । विद्यालयले सूचना मात्र लुकाएन । विद्यालयले नेपाली शिक्षकको ठाउँमा अंग्रेजी विषयको शिक्षक माग समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here