उद्यमशीलता विकास तालिम सम्पन्न

0
851

पथरीशनिश्चरे,

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत मोरङको पथरीशनिश्चरे वडा नम्बर ८ मा ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।

नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगर प्रमुख दिलीपकुमार राईले आज आइतबार समापनका अवसरमा बोल्दै तालिममा सहभागीलाई उद्यमी बनेर नगरको नाम राख्न शुभकामना व्यक्त गर्नुभयो ।

सहभागीहरुले ब्याग, डल कुसन, भुजिया बनाउने तथा बंगुर पालन तालिममा समूह विभाजन भएका छन् । वडाध्यक्ष बाबुराम दाहालले अध्यक्षता गर्नुभएको कार्यक्रममा नगर लेखा प्रमुख पिताम्बर वस्ती, वडा सदस्य मुना गजमेर सहितको सहभागिता रहेको थियो ।

तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत गत वर्षदेखि नै नगरमा यो कार्यक्रम अघि बढाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here