संविधानसभा सदस्य ताजपुरियाको निधन

१८ पुष २०७८, आईतवार मा प्रकाशित

दमक,

प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य झापा, शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाको ७८ वर्षको उमेरमा निधन भएको छ ।

विसं २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उहाँ केही दिन यता अस्वस्थ्य हुनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताउनुभएका उहाँको शनिवार राति आफ्नै निवासमा निधन भएको कांग्रेस झापाका पूर्वजिल्ला सचिव भक्ति सिटौलाले बताउनुभयो ।

विसं २०६४ सालमा नेपाली कांग्रेसकातर्फबाट समानुपातिक कोटामा उहाँ संविधानसभा सदस्य मनोनित हुनुभएको थियो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

यसैबीच कांग्रेस झापाका सभापति देउकुमार थेवेले ताजपुरियाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै शोक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here