शैक्षिक प्रगति गदै सरस्वती माबि

0
672

गणेश अर्याल, इलाम ।

दक्षिण फर्केको मोहडा, नजिकै मेची राजमार्ग, उत्तरमा पाथीभरा मन्दिरको डाडो दक्षिणमा झापाको समथर भूभाग । सरस्वती माध्यमिक बिद्यालयको प्राङगडमा उभिएर वर पर नियाल्दा यस्तै दृष्य देखिन्छ । इलामको रोङ गाउपालिका ४ को भालुझोडामा रहेको सरस्वती माध्यमिक बिद्यालय जति सुन्दर स्थानमा रहेको छ, बिद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा पनि त्यसरीनै सुधार हुदै छ ।

कक्षा ११ र १२ सञ्चालन गर्ने भनेर छब्बिस लाख रुपैया संकलन गरे बैकमा राखिएको छ । दरबन्दीको शिक्षक कम भएकाले त्यही रकमबाट प्राप्त हुने ब्याजबाट निजी शिक्षक राखेपछि बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रणबहादुर गुरुङ बताउछन् । ‘बिद्यालयको सेवा क्षेत्र ठूलो छ, एउटा वडामा यो मात्रै माध्यमिक बिद्यालय हो, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गुरुङले भने,– ‘यो बिद्यालयलाइ कक्षा १२ सम्म पठन पाठन हुने बिद्यालय बनाउन सके बिद्यार्थी र अभिभावकहरुलाई सहज हुने छ । अध्यक्ष गुरुङ यस अघि लामो समय सम्म सोही बिद्यालयका प्रधानाध्यापक भएकाले बिद्यालय र शिक्षाको क्षेत्रमा निकै सहयोग पुगेको अभिभावकहरु बताउछन् ।

बिद्यालय नर्श कार्यक्रम अन्तरगत केही स्वास्थ्य सामाग्री सहित एक जना नर्श उपलब्ध भएको छ । बिद्यालयमा बालबालिकाहरुलाई कुनै स्वास्थ्य समस्या भए तत्काल स्वास्थ्य परिक्षण र आवस्यक स्वास्थ्य सेवा पाउने प्रधानाध्यापक प्रेम बहादुर राईले बताए । ‘बिद्यालय नर्श कार्यक्रम अन्तरगत यो सेवा बिद्यालयले पाएको हो, प्रधानाध्यापक राईले भने,– बिद्यालयमा कुनै पनि बिद्यार्थी बिरामी भए बिद्यालयमा नै सम्पूर्ण रुपमा प्राथमिक उपचारको सेवा उपलब्ध हुने छ ।

बिद्यार्थीहरुलाई लक्षित गरी बिज्ञान प्रयोगशाला, पुस्तकालय, खानेपानी तथा शौचालयको ब्यवस्था गरिएको छ । किशोरी बिद्यार्थीलाई लक्षित गरी भेण्डिङ मेशिन सहितको सुरक्षित सेनिटरी प्याडको उपलब्धता रहेको छ । रजस्वलाको कारण किशोरीहरु बिद्यालय आउन हिच्किचाउने तथा प्रत्येक महिना गयल हुने समस्या समाधानको लागि नेपाल सरकारको देश ब्यापी कार्यक्रम अन्तरगत सोनिटरी प्याडको ब्यवस्था गरिएको छ ।

बिक्रम सम्बत २०३० साल बैशाखमा स्थापना भएको सरस्वती माध्यमिक बिद्यालयमा हाल कक्षा १० सम्म अध्ययन भइरहेको छ । टाढाको बिद्यार्थी लक्षित गरी स्कुल बसको ब्यवस्था मिलाईएको छ भने बालक्लब तथा बालमैत्री शिक्षण कार्यक्रम पनि लागु भएको छ । साना कक्षाका बालबालिकाहरुलाई खेलको माध्यमबाट शिक्षा प्रदान गर्न मन्टेश्वरी बिधी पनि अपनाइएको बिद्यालयले जनाएको छ । छ बर्ष अघि कक्षा १० को एसएलसी मा इलाम जिल्ला को पहिलो नतिजा निकाल्ने बिद्यालयको रुपमा सरस्वती माबि पुरस्कृत भएको थियो ।
खेलमैलानको अभाव

गाउको बिचमा रहेको बिद्यालय भएकाले सरस्वती माध्यमिक बिद्यालयमा खेल मैदानको अभाव रहेको छ । बिद्यालयको नाममा करिब ५ रोपनी मात्रै नीजि जमिन भएकाले भवन मा नै सबै जमिन सकिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रणबहादुर गुरुङ बताउछन् । खेल मैदानको अभावमा अभ्यास गर्न नपाउदा खेल प्रतियोगितामा बिद्यालयले कुनै पनि गहकिलो पदक पाउन नसकेको गुरुङ गुनासो गर्छन । खेल मैदानको लागि बिद्यालयले जमिन खोजी गरेपनि उपयुक्त जमिन फेला पर्न नसकेको प्रधानाध्यापक राइले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here