चेसोक तङ्नाम मुलुकै पहिलो चाड : राज्य मन्त्री तुम्वाम्फे

१९ पुष २०७८, सोमबार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल ।

१ नम्वर प्रदेशकी सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्वाम्फेले चेसोक तङ्नाम (न्वाङगी पुजा ) मुलुकै पहिलो चाड भएको बताउनुभएको छ ।

शनिवार किराँत याक्थुङ् चुम्लुङ् कार्य समिति कमल गाउँपालिकाको आयोजनामा न्वाङगी पुजा तथा वृहत साँस्कृतिक कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यमा क्रममा मन्त्री तुम्वाम्फेले यस्तो बताउनु भएको हो । धर्तिमा उत्पादन भएको अन्न सबै भन्दा पहिले लिम्वुले आफु चाखेर मात्र यो खानयोग्य छ भनेर अन्यजातिलाई खान सिकाएकोे दिनको सम्झनामा यो पर्ब मनाउन थालिएको हो । यति महत्वपुर्ण चाडपर्व मनाउन नेपाल सरकारले सार्वजनिक विदा दिनुपर्ने समेत मन्त्री तुम्वाम्फेले बताउनु भयो ।

चेसोक तङ्नाम लिम्बु जातिले मनाउने यो महत्व पुर्ण चाडमा पर्छ । लिम्बु जातिका पुर्खाले सुरुमा जंगलमा भएका कन्दमुल मात्र खाने गरेको र त्यसले शरिरलाई आवश्यक पर्ने पौष्टिक तत्व पुरा नहुने भएपछि प्रकृतिमा उत्पादन भएको अन्न खादा त्यसले शरिरलाई राम्रो फाईदा गरेपछि हरेक वर्ष आफ्नो जमिनमा उत्पादन भएको अन्न प्रकृतिलाई चडाएरमात्र खान सुरु गरिएको दिनलाई चेसोक तङ्नाम भनिने गरिएको प्याव्सन झापाका अध्यक्ष गौरिमान फागो बताउनुहुन्छ ।

आफ्नो जमिनमा उत्पादन भएको अन्नबालि पाकेपछि प्रकृतिलाई चडाएरमात्र खाने गरिएको दिनलाई चेसोक तङ्नाम भनिन्छ । यो पर्व हामि एक महिना सम्म रमाईलो गरि मनाउने गर्दछौ । चेसोक तङ्नामको अर्थ हुन्छ न्वाङगी पुजा यो चाडपर्व व्यापक रुपमा मनाउने गरिन्छ पर्व मनाउन नेपाल सरकारले दिएको निर्धारित विदाले मात्र पुग्दैन । त्यसैले आज बृहत कार्यक्रम गरेर यो कार्यक्रम समापन गरिने किराँत याक्थुङ् चुम्लुङ् कार्य समिति कमल गाउँपालिकाका सल्लाकार सूर्यप्रसाद लिम्बुले बताउनुभयो ।

आदिवाशी जनताती महासंघ कमल गाउँपलिकाका अध्यक्ष छत्र फागोको संयोजकत्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकामा भएका जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले लगायत कार्यक्रममा उपस्थित अतिथिले चेसोक तङ्नाम (न्वाङगी पुजा )को शुभकामना मन्तव्य दिनुभएको थियो भने राष्टिूय तथा स्थानिय कलाकारको प्रस्तुति समेत रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here