रिमाको शब्द, अम्बरको संगीतमा ‘म त तिम्रै हूँ’ सार्वजनिक ( भिडियो )

१९ पुष २०७८, सोमबार मा प्रकाशित

काठमाण्डौ,

उदयमान गीतकार रिमा श्रेष्ठको शब्दमा समावेश प्रेमिल शैलीको ‘म त तिम्रै हूँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय संगीतकार अम्बर तुम्बापो सुब्बाको यस गीतमा संगीत रहेको छ भने सुजिल कर्माचार्यको गीतमा संगीत संयोजन रहेको छ।

रोमाण्टिक भर्सनको यस गीतमा स्वर गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको रहेको छ।। भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ फिचर्ड छन्। दिपक राज सुनारले छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।

विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो। कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको यस म्युजिक भिडियोलाई संगीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

पेसाले आईटी क्षेत्रमा काम गरिरहेकी गीतकार श्रेष्ठलाई सानै उमेर देखी गीत-संगीतमा लगाव थियो। केही महिना अगाडी उनको पहिलो गीति एल्वम ‘अधुरो सपना’ को भव्य चर्चा संगै फुटकर गीतहरु पनि सार्वजनिक गरीसकेकी छिन्। निर्माण टिमले नयाँ म्युजिकलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here