मंगोलियाको उदाहरण दिँदै एमसीसीको फाइदाबारे कडा बोले शेखर कोइराला

१९ पुष २०७८, सोमबार मा प्रकाशित

काठमाडौं ।


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता नेपालको हितमा रहेको बताएका छन् ।

एमसीसीको विरोध गर्नेले पूरै दस्तावेज नपढेको उनको भनाइ थियो । उनले एमसीसीलाई लिएर अगाडि बढ्दा नेपालाई नोक्सान नहुने बताए । नेता कोइरालाले मंगोलियाले पनि एमसीसी लिएको भन्दै नेपालले पनि एमसीसी लिनुपर्ने बताए । आफ्ना मान्छे नपरेपछि असन्तुष्टि यसैबीच कोइराला आफूलाई दोस्रो वरीयता नदिएकोमा रिसाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान अन्तर्वार्तामा कोइरालाले आफूलाई दोस्रो वरीयतामा नराखेको सांकेतिक असन्तुष्टि जनाए । नेता कोइरालाले केन्द्रीय सदस्यमा मनोनीत १० जनाको विषयमा असन्तुष्टि जनाएका छन् । दश जनामध्ये ५ जना पराजितहरूलाई केन्द्रीय सदस्य बनाएको भन्दै असन्तुष्टि जनाए । केन्द्रीय सदस्यमा मनोनीत गरेर सभापति शेरबहादुर देउवाले गुटको विजारोपण गरेको आरोप लगाए ।

उनले चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, महेश आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने माग गरेका छन् । रामचन्द्र पौडेल, शशांक कोइराला र सुजाता कोइरालाका कारण आफू सभापतिमा पराजित भएको उनले बताएका छन् । उनले भने, ‘मैले मेरो भाइ र बहिनीलाई मिलाउन सकिन । पराजित भएँ । मेरो भाइ र बहिनीले वीपी कोइरालाले मेरो बुबा केशव कोइरालालाई पठाएको पत्रको मर्म बुझेनन् ।’

नेता कोइरालाले राष्ट्रिय सभाको निर्वाचनमा टिकट वितरण गर्न पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । उनले घुमाउरो भाषामा राष्ट्रिय सभाको निर्वाचनमा भाग खोजेका छन् । प्रदेश नम्बर २ को अधिवेशनमा आफ्नो समूहका नेताहरूलाई बुझाउन नसक्दा विमलेन्द्र निधिको सभापतिको उम्मेदवारलाई साथ दिएको कोइरालाले बताएका छन् ।

उनले भने, ‘मैले मेरा नेताहरूलाई मनाउन सकिन । विमलेन्द्र निधिजीको सभापतिको उम्मेदवार रामसरोज यादवजीलाई समर्थन गरेका हौँ ।’ नेता कोइरालाले सभापति देउवालाई विधिसम्मत काम गर्नुपर्ने बताएका छन् ।-नेपाल पानाबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here