नगरको विकासमा बैंकको भूमिका महत्वपूर्ण रहेको उपप्रमुख वास्तोलाको भनाई

0
501

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा बैंकहरुको बृद्धिले नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

उपप्रमुख वास्तोलाले सोमबार पथरी बजारमा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय उद्घाटनका क्रममा सो कुरा बताउनु भएको हो । उहाँले बैंकमा सेवाग्राहीसित मुस्कान सहितको सेवा प्रवाह गर्न समेत अनुरोध गर्नुभयो ।

उक्त अवसरमा,पथरी शाखाका प्रमुख अर्जुन राई,नगरका उपसचिव शालिग्राम काफ्ले, समाजसेवी माधव कोइराला सहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बैंकको १६ औं स्थापन दिवसका सन्दर्भमा उद्घाटित पथरी शाखा १३५ औं शाखा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here