विपन्न वर्गका विद्यार्थीलाई स्वेटर वितरण

0
459

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिका वडा नं -१० स्थित जालपा सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा-स्वेटर वितरण गरिएको छ ।

सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन कटुवालको प्रमुख आतिथ्यतामा कक्षा १ देखि ५ सम्मका १ सय २५ जना अति विपन्न वर्गका छात्र – छात्रालाई ऊनीको न्यानो स्वेटर प्रदान गरिएको हो ।

केही दिन यतादेखि बढ्दै गएको चिसो – जाडो मौसमबाट जोगाउने उद्देश्यका साथ सिंहवाहिनी माविका शिक्षक सुमन राई, नवीन श्रेष्ठ , हेम भट्टराई तथा विशाल राईले ति अति विपन्न परिवारका बालबालिकाका लागि स्वेटर किनेर वितरण गर्न उपलब्ध गराएका थिए।

एमालेका १० वडा कमिटी, अध्यक्ष पर्वत थापा, शिक्षक- अभिभावक संघ अध्यक्ष युद्ध सापकोटा , समाजसेवी नगेन्द्र गुरुङ , लगायतका समाजिक व्यक्तित्वको उपस्थितिमा वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here