लण्डनको सहयोगले भगवतीका विद्यार्थीले सुइटर पाए

0
324

शिवसताक्षी ।

एक दशक देखी लण्डनमा व्यवसाय गर्दे आएका झापा शिवसताक्षी ८ डुडमारीका मनिष शेर्माले आफ्नै गाउँका सामुदायिक विद्यालयका विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेका छन् । बिपन्न वर्गका छोरा छोरी अध्ययन गर्ने स्थानीय भगवती आधारभुत विद्यालयका २ सय छात्र छात्रालाई जाडोमा लगाउने न्यानो सुइटर उनले प्रदान गरेका हुन् ।

सो विद्यालयका अधिकांस अभिभावक कुषि मजदुर र अति विपन्न वर्गका हुन् । पूर्व प्राथमिक तह देखी कक्षा २ सम्म अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने विद्यालयमा आदिवासी जनजाति तथा सन्थाल समुदायका विद्यार्थी अध्ययनरत छन् ।

लण्डनको जीम हाउसमा कार्यरत मनिषका मालिक गोरदिप शिंह (देव)ले शेर्माको अभियानलाई सहजिकरण गरेका हुन् । शिंहले भन्थे, ‘काम गरेर कमाएको केहि रुपैँया समाज रुपान्तणका लागि रचनात्मक कार्यमा खर्च होस् ।’ मालिकको यो अभिव्यक्ति पछि उनले वर्षेनी गाँउका बालबालिकालाई सहयोग गर्दे आएका छन् । अघिल्लो वर्ष पनि सोहि विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री प्रदान गरेका थिए ।

जाडो मौसममा विपन्न परिवारका बालबालिका पनि चिसोबाट बच्न सकुन् र जस्तोसुकै अवस्थामा पनि विद्यालय नियमित जान सकुन् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको शेर्माका बुवा भिमले बताए । छोराले गाँउकै स्कूलमा अध्ययन गर्ने विद्यार्थीलाई जाडोमा लगाउने सुइटर प्रदान गर्ने कार्यक्रम राखेको थाहा दिएपछि यसको चाँजोपाँजो महिले मिलाएको हुँ,’ मनिषका बुवा भिमले भने ।’ छोराको असल कर्मले आफुलाई पनि सन्तुष्टी मिलेको उनले बताएका छन् ।

पुस माघको महिनामा सामान्य कपडा लगाएर विद्यालय आएका विद्यार्थीलाई स्वीटर दिइएपछि विद्यार्थीहरु खुसी भएको विद्यालयका प्रधानाध्यापक टेकवहादुर मगरले बताए । उनले विद्यार्थीलाइ नियमीत हुन यसले ठूलो सहयोग पुग्ने बताएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केहर शिंह बस्नेतले विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीलाई सुइटर प्रदान गरेका थिए । सो कार्यक्रममा संघिय लिम्बुवान मञ्चका केन्द्रिय उपाध्यक्ष ज्ञानुहाङ ईम्बुङ, महिला वडा सदस्य सीता महेश्वर, स्थानीय समाजसेवी पदम प्रसाद भण्डारी, भक्तवहादुर लिम्बु, दलवहादुर शेर्मा, सिताराम निरौला, श्रीप्रसाद खरेललगायतले मनकारी मनिष र उनका मालिक गोरदिपले दुरदराजको विद्यालयका विद्यार्थीलाई सुइटर दिएर लगाएको गुन समाजले नविर्सने बताएका थिए ।

कार्यक्रममा सुइटर दाता मनिष र उनका मालिक गोरदिपले विद्यालयलाई नगद ५ हजार आर्थिक सहयोग पनि गरेका छन् । विद्यालयमा उपस्थित विद्यार्थीलाई उनिहरुले मिष्ठान भोजन पनि गराएका थिए । कार्यक्रम विद्यालयकी शिक्षीका लुना भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक रुप शुन्दर शेर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here