कानेपोखरी जंगलमा शव फेला

0
620

पथरीशनिश्चरे,

मोरङ्गको कानेपोखरी गाउँपालिका -७ स्थित डांस मोरङ्गी सामुदायिक वन क्षेत्रभित्र आज मंगलबार एक व्यक्तिको शव फेला परेको छ ।

रतुवामाई नगरपालिका -१० घर भएका वर्ष ५२ को गोपाल बहादुर श्रेष्ठ उक्त सामुदायिक वन क्षेत्रभित्र प्लाष्टिकको डोरी घांटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, पथरीले जनाएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार आजै मृतकको परिवारले वेवारिसे शवको पहिचान गरेको र निजको पोस्ट मार्टम सम्वन्धि थप कारवाही अघि बढाईएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here