स्व. सोमनाथ रेग्मी स्मृति अक्षयकोष स्थापना

0
368

लक्ष्मीपुर । 

कमल गाउपालिका–२ स्थित कमला मदन–आश्रित स्मृति माध्यमिक विद्यालयमा स्थानीय शिक्षासेवी स्व. सोमनाथ रेग्मीको स्मृतिमा “स्व. सोमनाथ रेग्मी स्मृति अक्षयकोष–२०७८” स्थापना गरिएको छ ।

.स्व.रेग्मीको वार्षिक पूण्यतिथिको अवसरमा विद्यालयमा आयोजित अक्षयकोष घोषण सभामा स्व.रेग्मीका परिवारका सदस्यद्धारा विद्यालयलाई पाच लाख ५५ हजार पाचसय ५५रुपैयाको चेक हस्तान्तरण गरिएको हो । आगामी शैक्षिक सत्रबाट सो कोषको वार्षिक व्याजबाट प्राप्त हुने ७० प्रतिशत रकम सोही विद्यालयको कक्षा १२ अध्ययन गरि वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक छात्रा र एक छात्रालाई नगद छात्रवृत्ति उपलव्ध गराइने छ ।

सो स्मृति कोष घोषणा सभामा स्व. रेग्मीका जेठा छोरा अर्जुनधारा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव एवम कोषका संरक्षक तोयानाथ रेग्मीले सामान्य गरिव परिवारमा जन्मेर पनि शिक्षा प्रतिको लगाव र महत्व वुझि आफ्ना सन्तान पढाउनैपर्छ भन्ने भावनालाई कदर गर्दै चीरकालपर्यन्त जीवन्त राख्न, स्व. पिताजीप्रति कृतज्ञता ज्ञापन गर्दै शैक्षिक उन्नयनका लागि केही लगानी गरौं भन्ने भावनाबाट अभिप्रेरित भएर र पुराण तथा अन्य धार्मिक कार्यमा हुने खर्चलाई कटौति गर्दै क्रमशः शैक्षिक क्षेत्रमा लगानी अभिवृद्धि गरि समाज रुपान्तरण गर्ने सन्दैश प्रवाह गर्ने कोष स्थापनाको उद्धेश्य रहेको वताए ।

स्व. रेग्मीको परिवारका १० सन्तान छोरावुहारी, छोरी र नातिनातिनी तोयानाथ रेग्मीले कक्षा १–३, जानुका गुरागाइले कक्षा ५–७, कुमारप्रसाद रेग्मीले कक्षा १–७, स्व.भवानीप्रसाद रेग्मीले १–७, चुडामणी रेग्मीले कक्षा १ـ७, धनकुमारी रेग्मीले कक्षा १ـ१०, अनुज्ञा रेग्मीले कक्षा ९ـ१०, रुपा सुवेदीले कक्षा कक्ष्ाँ १–१२, गंगा सुवेदीले कक्षा १–१२, र कमला सुवेदीले कक्षा १–१२ सम्म अध्ययन गरेका थिए ।

१९९३ साल असार १६गते पिता टीकादत्त र माता रञ्जिताको कोखवाट तेह्रथुमको म्याङ्लुुङ मा जन्मेका स्व. रेग्मी २०११ सालमा विष्णुमाया गौतमसंग विवाह वन्धनमा वाधिएका थिए । २०२८ सालदेखि कमल गापा-२ को क्याम्पा वजारमा स्थायी वसोवास गर्दै आएका रेग्मीको गतवर्ष पौष २९ गते निधन भएको थियो ।

कमल गाउपालिका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विव्यस अध्यक्ष डिल्लीराम अधिकारीको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा राष्ट्रिय चिकित्सा आयोगका अधिकृत जानुका गुरागाई, पेशागत महासंघका देवराज कार्की, शिक्षा शाखा प्रमुख सर्यप्रसाद न्यौपाने,डम्वर देउजा, नारायणप्रसाद रेग्मी लगायतको आतिथ्य रहेको थियो । प्रधानाध्यापक हिमप्रसाद दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here