रेडस्टार माविमा विद्यार्थी -प्रतिनिधिहरु निर्वाचित

0
569

पथरीशनिश्चरे,

रेडस्टार माध्यमिक विद्यालय पथरीशनिश्चरेमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना प्रतिनिधिहरू छानेका छन् । विहीवार भएको निर्वाचनमा उनीहरुले आफ्ना विद्यार्थी – प्रतिनिधिहरू निर्वाचन प्रणालीमार्फत छानेका हुन् ।

निर्वाचन मण्डलका संयोजक समेत रहनुभएका शिक्षक सनम गजमेरका अनुसार अनिल थापा ( कक्षा -९)का छात्र तर्फबाट स्कुल क्याप्टेनमा विजय भएका छन् भने सोहि कक्षामा अध्ययनरत छात्रा रिया लिम्बु विजय भएकी हुन् । स्कूल क्याप्टेनमा विजय भएका थापाले २ सय १५ सर्वाधिक मत प्राप्त गरेर निकटतम् प्रतिद्वन्दी पवन खरेल ( कक्षा-८) लाई पराजित गरेका थिए भने छात्रा तर्फको स्कूल क्याप्टेनमा १सय ८३ मत प्राप्त गरी रीया लिम्बुले निकटतम् प्रत्यासी सुयुसा तिमिल्सिनालाई ७ मतको अन्तरले हराउदै विजय भएकी हुन् ।

यसैगरी , छात्र तर्फबाट भाइस क्याप्टेनमा अजय लिम्बु ( कक्षा-८) विजयी भए । उनले अभिजित लिम्बु , पर्शुराम आचार्य र जनक राजभण्डारीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
त्यस्तै , छात्रातर्फ कामना लिम्बु ( कक्षा -८) ले २०७ मत प्राप्त गर्दै प्रत्यासी चेतना गामीलाई जितेकी थिइन् ।

विद्यालय तहमा समाविष्ट सामाजिक अध्ययन शिक्षा विषयअन्तर्गत लोकतान्त्रिक मुल्य मान्यता र महत्ववारे वोध गराउँदै निर्वाचित विद्यार्थी – प्रतिनिधि हरूले आफ्नो वौद्धिक तथा सर्वांगीण सिकाइलाई उपलब्धिमुलक बनाउने अभिप्रायले निर्वाचन गरिएको थियो।

आफ्ना प्रतिनिधिमार्फत विद्यालय तहमा सबै शैक्षिक तथा अतिरिक्त सिकाई कृयाकलाप वा गतिविधिहरुमा उनीहरुलाई समान रूपले सहभागी गराई अनुसन्धानात्मक सिकाई उपलब्धि हासिल गर्न – गराउन निर्वाचन प्रणाली अवलम्बन गरिएको समाजिक अध्ययन विषयका शिक्षक ईच्छेकुमार दासले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here