पथरीशनिश्चरे-२ मा उद्यमशिलता एडभान्स तालिम

0
277

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे -२ मा एडभान्स सिलाई कटाई सम्बन्धी एक महिने तालिम सम्पन्न भएको छ ।

आज विहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत उक्त एड्भान्स सिलाई कटाई तालिम सम्पन्न भएको हो । यो तालिम गत वर्षदेखि पथरीशनिश्चरे नगर क्षेत्रमा संचालन भईरहेको छ ।

नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगरका लेखा शाखा प्रमुख पिताम्बर वस्तीले कुनै पनि तालिमले प्रशिक्षार्थीका लागि पूर्ण रुपमा सीप प्रदान गर्न सक्नु पर्नेमा जोड दिँदै नगरद्वारा संचालित तालिमले जिविकोपार्जन गर्न सहयोग गरेको वताउनु भयो ।

उहाँले प्रशिक्षार्थीहरुले तयार गरेका कपडाहरु अवलोकन गर्दै महिलाहरु आत्मनिर्भर वन्न तालिमले सहयोग पुर्याएको उल्लेख गर्नुभयो ।

कार्यपालिका सदस्य अरुणा राई र नगरको लघुउद्यम शाखा प्रमुख हेमचन्द्र दहालले तालिममा सहभागि मिलेर गार्मेन्ट उद्योग नै स्थापना गर्ने उत्साहलाई नगरले सहयोग पुर्याउने वताउनु भयो ।

तालिमका सहभागी कूल २२ प्रर्शिक्षार्थीहरूका लागि अघिल्लो तालिममा नगरपालिकाले कपडा सिलाउने जनही मेसिन प्रदान गरेको थियो । तालिममा सीता रायामाझीले सहजीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here