पथरीमा जबरजस्ती करणी गरेको अभियोगमा साह प्रकाउ

२३ पुष २०७८, शुक्रबार मा प्रकाशित

मोरङ,

मोरङको पथरीशनिश्चरे–१ चस्मा घरमा कार्यरत डाक्टर राजेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साह अश्लील भिडियो देखाउँदै १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रकाउ परेका हुन् ।

आँखा क्लिनिकमा कार्यरत २८ वर्षीय राजेश शाहा र पीडित परिवार एउटै घरको फ्लाइटमा डेरा बस्दै आएका थिए । बालिकाको अभिभावक घरमा नभएको बेला साहले बालिकालाई अश्लील भिडियोहरु देखाउदै जबरजस्ती करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

साहले बलात्कार गर्न थालेपछि बालिका दिनदिनै नियाउरो हुने र अप्ठेरो गरी हिड्न थालेपछि अभिभावकले सोधखोज गर्दा जबरजस्ती करणीमा परेको घट्ना खुलेको थियो । बालिकाले सो कुरा परिवारमा भनेपछि अभिभावकको उजुरीको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण रहेको साह विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर कारबाही थालिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए ।

सप्तरी जिल्ला स्थायी घर भएका साहले आफूलाई आँखाको डाक्टर भन्ने गरे पनि सो स्तरको स्वास्थ्यकर्मी भए- नभएको सम्बन्धित प्रमाण–पत्र मगाउने काम भइरहेको इलाका प्रहरी कार्यालय पथरीमा मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक गिरीराज खड्काले जानकारी दिनुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here