बिमा कम्पनीले दियो सुनितालाई ५ लाख ७७ हजार

२३ पुष २०७८, शुक्रबार मा प्रकाशित

गणेश अर्याल, इलाम।

नेपाल लाइफ इन्सुरेन्सले इलामको रोङ गाउपालिकामा एक जना बिमितको मृत्यु पछि बिमादाबी रकम हस्तान्तरण गरेको छ ।

रोङ गाउपालिका ३ लसुने निवासी दावा वोङदी सेर्पाको निधन भएकाले बिमा रकम बराबरको चेक हस्तान्तरण गरिएको नेपाल लाइफ इन्सुरेन्सका एजेन्सी मेनेजर डिल्लीराम कटेलले बताए । स्वर्गीय दावा शेर्पाको केही महिना अघि निधन भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्सुरेन्स फिक्कल साखाका प्रबन्धक मनिस अधिकारी, सहायक कर्मचारी युवराज पौडेल अभिकर्ता चुडादेबी गौतम लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गीय शेर्पाको १ लाख ४५ हजार ऋण मिनाह गर्दै ४ लाख ३२ हजार ७ सय रुपैयाको चेक गरी जम्मा ५ लाख ७७ हजार ७ सय रुपैया शेर्पाको श्रीमति सुनिता शेर्पालाइ हस्तान्तरण गरिएको एजेन्सी मेनेजर डिल्लीराम कटेलले बताए ।

त्यहा आयोजित सक्षिप्त शोक कार्यक्रममा एक मिनेट मौन धारण गरिएको थियो, भने चुडादेबी गौतम तथा मनिस अधिकारीले बिमाले जोखिम मोल्ने र बैकको भन्दा धेरै ब्याज दिने लगायतको बिमाको फाइदाको बारेमा चर्चा गरेका थिए ।

पछिल्लो समय नेपाल लाइफ इन्सुरेन्स अन्य कम्पनी भन्दा बिमा रकम लिन सजिलो भएको बिमा कर्ताहरु बताउछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here