युवाले गरे स्वास्थ्य सस्थालाई सामाग्री प्रदान

२३ पुष २०७८, शुक्रबार मा प्रकाशित

गणेश अर्याल/ इलाम ।

इलामको रोङ गाउपालिका वडा नम्बर ६ को स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरलाइ स्थानीय एक सस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

स्थानीय स्तरमा सक्रिय सनराईज युवा क्लबले स्वास्थ्य सस्थालाइ स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । शुक्रबार स्वास्थ्य चौकीमा आयोजित एका कार्यक्रममा सो सामाग्री हस्तान्तरण भएको हो ।

स्वास्थ्य सस्थामा सामाग्री अभाव भइरहेको अवस्थामा स्वास्थ्य सामाग्री पाउदा थप सेवा प्रवाहमा सहज हुने स्वास्थ्य चौकीका प्रमुख खगेन्द्र खतिवडाले बताए ।

आफ्नै क्षेत्रको स्वास्थ्य चौकीमा सहयोग जुटाउन पाएकोमा क्लबका अध्यक्ष बुध्द लाप्चाले खुशी ब्यक्त गरे । ‘हामीले सहजीकरण मात्रै गरेको हो अध्यक्ष लाप्चाले भने, ‘काठमाण्डौको एक सस्थासग समन्वय गरेर सामाग्री प्राप्त भएको हो । बिभिन्न ९ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here