पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु

२४ पुष २०७८, शनिबार मा प्रकाशित

पाँचथर।

पाँचथरको फालेलुङ गाउँपालिका ७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको भीरबाट लडेर मृत्यु भएको छ ।

आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका तामाङको उपचारको लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here