बसन्ता गौतम कोइराला
यौटा यात्री हिडिरहेको छ
पथप्रदर्शक बन्दै
संवाहन र कुमाले बन्दै
आकार दिदै माटोलाई
गोरेटो देखाउदै
अनवरत रुपमा लागिरहेको छ
कुशल आचारविचार लिएर
नैतिकता, अनुशासन,
सत्कार र संस्कार सिकाउन
जीवन भोगाइका पाठ पढाउन
कार्यकुशलताले फुलाउन
दिव्य कोपिलाहरुलाई
दिशाबोध गर्न
जिन्दगी भोगाइका क्रममा
जति आँधी तुफानहरु आए पनि
बाटा र खोँचहरु फेरिए पनि
सिन्धु गंगासरी
पाषाणमा बजारिदै
चोटहरु खेप्दै
कुदिरहेछ मात्र दौडिरहेछ
थाकेको थाहा छैन
रोकिएको थाहा छैन
निस्वार्थ निश्चल हृदय लिएर
अमृत पान गर्दै
विषाक्ततालाई समन गर्दै
बहिरहेछ कर्मठ भै
तर अपसोच१
अन्धकारमा रोशरी छर्ने ऊ
ज्ञानको घडा भर्ने ऊ
जूनकीरीको प्रकाशमा
झिनो आशा बोकेर
चियाइ रहेछ
न नियुक्ति न त अवकाश नै
संघर्ष निरन्तर चलिरहेछ
वर्षौदेखि
न मान न सम्मान
न जस नै
मात्र अपजस खेप्दै
तर पनि निराश छैन ऊ
यसैलाई धर्म मानेको छ
कर्म यसैलाई ठानेको छ
कर्तव्यनिष्ठ भइ खटिइरहेको छ
अन्यौल भविष्य लिएर
दौडिरहेछ , लम्किरहेछ
कुहिरोको काग झैँ ।।