गोर्खा सहकारीको १५ औ सभा

0
451

बिर्तामोड ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको गोर्खा बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारणसभा शनिवार बिर्तामोडमा भएको छ ।

संस्थाका अध्यक्ष मनबहादुर पाहिम (लिम्बु) को अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला सहकारी संघ झापाका पूर्व सचिव युवराज ढकाललको प्रमुख आतिथ्य रहेको थियो ।

आर्थिक बर्ष २०७७/०७८ असार मसान्तसम्ममा एकहजार ८ सय शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी एक करोड २४ लाख २७ हजार ७०० पुर्याउन सफल भएको अध्यक्ष पाहिमद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

जगेडा कोषमा २२ लाख ६० हजार ४०९ रुपैयाँ ७६ पैसा रहेको संस्थाको कुल निक्षेप ३ करोड ५३ लाख १० हजार ८९२ रुपैयाँ ९९ पैसा, कुल ऋण लगानी ४ करोड ८६ लाख ६८ हजार ७६८ रहेको प्रतिवेदनमा छ ।

साधारणसभामा उत्कृष्ट बचतकर्ता देवराज वराल, गंगा राई, रञ्जिता लिम्बु, रमेश क्षेत्री, बिष्णु तिम्सिना, असल ऋणितर्फ विशाल अग्रवाल, विष्णु गुरुङ, एलिना मावो, मुक्तावली कोइराला, सुशिला धिताल, जेष्ठ नागरिक डाकप्रसाद सुवेदी, उत्कृष्ट कर्मचारी भुवनेश्वरी दुलाल र एसईईमा उत्कृष्ट नतिजा ल्याउने दिक्षा नेपाललाई सम्मान गरिएको थियो ।

स्वागत संस्थाका उपाध्यक्ष सुनिल शिवाकोटीले गरेको कार्यक्रममा सञ्चालन ब्यवस्थापक सुरेश गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here