नेकपा एमाले झापाको अध्यक्षमा कार्की निर्विरोध निर्वाचित

0
754

झापा, नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दिपक कार्की निर्विरोध निर्वाचित हुनु भएको छ ।

बिर्तामोडमा शुक्रबारबाट शुरु भएको अधिवेशनमा अध्यक्ष पदमा कार्कीको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा उहाँ झापा क्षेत्र नम्वर ६ बाट संविधान सभा सदस्य पदमा समेत निर्वाचित हुनु भएको थियो ।
लामो समयसम्म नेकपा एमालेको सक्रिय राजनीतिमा रहनु भएका कार्की झापा गौरादह निवासी हुनुहुन्छ ।

अधिवेशनबाट उपाध्यक्ष पदमा प्रेम गिरी निर्वाचित हुनु भएको छ । झापा अर्जुनधारा निवासी गिरी २०७० सालको संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्वर ४ बाट निर्वाचित हुनुभएको थियो ।

त्यस्तै सचिव पदमा शिव ढुङ्गेल चयन हुनु भएको छ । उहाँ यस अघि नेकपा एमाले झापाको कार्यलय सचिवको भूमिकामा रहनु भएको थियो ।

उपसचिवद्वयमा असारु राजवंशी र चन्द्रा श्रेष्ठ चयन हुनुभएको छ । राजवंशी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकिय सचिवका रुपमा रहनु भएको थियो भने श्रेष्ठ भद्रपुर नगरपालिकाकी उपप्रमुख हुनुहुन्छ ।

पार्टीका बाँकी पदाधिकारीको टुङ्गो लगाउन सहमतिको प्रयास भइरहेको नेकपा एमालेका नेता प्रविण पोखरेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here