राजगढ पोलिक्लिनिकमा एक सय २४ जनाको निःशुल्क स्वास्थ्य जाँच

0
555

 

झापा,  झापाको बाह्रदशी – ३ स्थित राजगढमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
राजगढ पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजना र ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
शिविरमा एक सय २४ जनाले निःशुल्क स्वास्थ्य जाँच गराउँदै औषधि समेत लिएका छन् । शिविरमा सुगर,प्रेसर,ग्याष्ट्रिक,दम,थाईराईड,र हाडजोर्नी तथा नसाका रोगी धेरै भेटिएका थिए । उनीहरुलाई स्वास्थ्य परीक्षण पछि औषधि समेत बितरण गरिएको राजगढ पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरका सञ्चालक पदम राजवंशीले जानकारी दिए ।

शिविरमा वरिष्ठ अर्थाेसर्जन डा. भरत तिम्सिनाले हार्डजोर्नी, वाथ, तथा नसा सम्वन्धि सेवा दिएका थिए भने वरिष्ठ फिजिसियन डा अमर कपुरी, मेडिकल अधिकृत द्वय डा सागर मैनाली र नवीन घिमिरेले समेत सेवा दिएका थिए ।

राजगढ पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा गत वर्षदेखि नै यस प्रकारको सेवा प्रवाह गरिँदै आएको छ । प्याथोलोजी सेवामा २५ प्रतिशत छुट र भिडियो एक्रेमा समेत ३५ प्रतिशत छुट दिइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here