आचार्य मान के रह्यो ?

२५ पुष २०७८, आईतवार मा प्रकाशित

चित्रदेव कट्टेल,

झोले गुरु सबै भन्छन् गफ मात्र लडाउँछौं
योग्यता धमिरा लाग्यो नानी बोर्डिङ् पढाउँछौं
गुरुजी गुड मात्रै छौं चेला चिनी हुँदै गए
धन्य छौं गुरुजी हामी देश बेच्ने तिनै भए ।।
न त मान कमाएछौं, न त देश बनाउँछौं ।
औकात गुरुको बिर्सी झोला बोक्न रमाउँछौं ।।
राजनेता सबै पढ्दा इतिहास पुराणमा ।
दीक्षित गुरुबाटै छन् वेद शास्त्र कुरानमा ।।
गुरुमा पाठमा खोट अवश्य छन् बुझी गए ।
तस्कर माफिया चेला किन हाम्रा पढी भए ।।
नागरिक बफादार देश निर्माणको चुरो ।
गुरुका काँधमा हुन्छ गरौं कर्तव्यको कुरो ।।
झोला झण्डा लिइ हिँड्दा आचार्य मान के रह्यो ।
गुरु ! चेत अझै छैन ? देश बर्बाद नै भयो ।।

देउमाई नपा–९
हालः बिर्तामोड, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here