राष्ट्रिय सभाको निर्वाचनमा बस्नेतलाई जिताउन आग्रह

२५ पुष २०७८, आईतवार मा प्रकाशित

झापा,नेपाली कांग्रेस प्रदेश नम्वर १ का सभापति उद्धव थापाले आसन्न माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उम्मेद्वार बन्नु भएका गोपाल कुमार बस्नेतलाई विजयी गराउन आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेस झापाले पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उम्मेद्वार बन्नु भएका वस्नेतले हारे त्यसको जवाफ नेपाली कांग्रेसले दिनु पर्ने भन्दै सबैलाई इमान्दार भएर मतदान गर्न आग्रह गर्नुभयो ।
झापाबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा महामन्त्री सहित ६ जना र प्रदेशमा समेत झापाकै वहुमत रहेको अवस्थामा राष्ट्रिय सभाको निर्वाचनमा परिणाम उल्टो आए त्यसको जवाफ आफूले दिनु पर्ने भन्दै सबैलाई जिम्वेवार बन्न सभापति थापाको आग्रह छ ।
बस्नेतले हारेको खण्डमा पार्टी सभापति शेरवहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई सोध्नुहुन्छ १ नम्वर प्रदेशमा हाम्रो उम्मेद्वारले किन हारे सभापति थापाले भन्नुभयो – ‘त्यसकारण सबैले जिम्वेवार भएर गोपाल कुमार बस्नेतलाई जिताउनु पर्छ ।’
कार्यक्रममा बोल्दै पूर्व सांसद् एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माले गठबन्धन दलको मतभार धेरै नभएको र लोभी पापी प्रवृत्तिका भएकाहरुले प्रलोभनमा परेर बस्नेतलाई मत नदिँदा परिणाम उल्टो आउने भन्दै सबैलाई सचेत गराउनु भएको थियो ।
विपक्षीसंग प्रशस्तै पैसा भएको र लोपी पापीले मत विगार्न सक्ने भएकाले सवै गठवन्धनमा सहभागी दल यसमा चनाखो हुनु पर्ने उहाँको भनाई थियो ।
यता राष्ट्रिय सभाका उम्मेद्वार बन्नु भएका वस्नेतले मलाई भन्दा पनि पार्टीलाई हेरेर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले मैले हार्दा नेपाली कांग्रेसले हार्ने भएकाले पार्टीको निर्देशन बमोजिम इमान्दार बन्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here