दलहरुको महाधिवेशन र नेतृत्वको प्रश्न

२६ पुष २०७८, सोमबार मा प्रकाशित

यो वर्ष २०७८ को मंसीर र पुस नेपाली राजनीतिक दलहरूको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि निकै महत्वपूर्ण र नेतृत्व छनौटको वर्ष हुन पुग्यो । यो दुई महिनामै नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका महाधिवेशन सम्पन्न भए । महाधिवेशनबाट नेतृत्व निर्वाचनका साथै विधिसम्मत तवरबाट दललाई अगाडि बढाउने मार्ग प्रशस्त गरेका छन् ।

केही बाहेक नेपालका प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना महाधिवेशन सम्पन्न गरेर संवैधानिक दायित्व मात्र पूरा गरेनन्, आन्तरिक लोकतन्त्रको अभ्यास समेत सम्पन्न गरे । हुन त संयोग नै मान्नु पर्दछ, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) काम हाधिवेशनहरूले आफ्ना कार्यकारी प्रमुखहरूलाई पुनःनयाँ कार्यकालका लागि निरन्तरता दिएका छन् । दलहरूको आन्तरिक सुदृढीकरण बिना बहुदलीय व्यवस्थाको संस्थागत विकास सम्भव हुँदैन । दलहरूको महाधिवेशन लोकतन्त्रको संस्थागत विकास कै अभ्यासको पहिलो अध्याय पनि हो ।

करिब एक साताभन्दा बढी लगाएर नेकपा ( माओवादी केन्द्र)ले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ । माओवादी केन्द्रको यो आठौं महाधिवेशन हो । प्रक्रियाबाट नै पदाधिकारी तय गर्न नसके पनि यो महाधिवेशन विगतका तुलनामा बढी लोकतान्त्रिक अभ्यास गर्दै सम्पन्न हुनु पार्टी चिन्तकहरुका लागि आफैँमा ठूलो सफलता पनि हो ।

माओवादी केन्द्रको विधान अनुसार महाधिवेशनले माओवादी केन्द्रको केन्द्रीय समितिका सदस्यहरू निर्वाचित ग¥यो । पदाधिकारीमा आउने सबै केन्द्रीय समितिमा पर्नुपर्ने सो पार्टीको वैधानिक व्यवस्था रहेको छ । त्यसअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिमा विधिपूर्वक चयन भएर पुनः अध्यक्ष कै नेतृत्व सम्हाल्न पुगे । माओवादी केन्द्रको सन्दर्भमा विगतको तुलनामा यसलाई निकै सकारात्मक तथा उपलब्धिमूलक मान्नुपर्छ । घटनाक्रमले पनि माओवादी केन्द्रको यो महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित थोरै नेपाली नेताहरूमा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै तीन दशकदेखि नेतृत्व सम्हाल्दै आएका छन् । कम्युनिस्ट अध्ययन केन्द्रबाट पाँच दशकअघि खारिँदै नेतृत्वमा अगाडि बढेका प्रचण्डले वि.सं २०५२ देखि माओवादी सशस्त्र विद्रोहलाई नेतृत्व प्रदान गरेको इतिहास छ । प्रचण्ड कै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौताका साथै संविधानसभा निर्वाचन, गणतन्त्र, संविधान निर्माण जस्ता मुलुकका लागि दूरगामी महत्वका विषयमा सुरक्षित अवतरण सम्भव भएको इतिहास माओवादी केन्द्रको राजनीतिक इतिहासको एक महत्वपूर्ण पक्ष पनि हो ।

भनिन्छ, पार्टीमा नेतृत्वभन्दा नीति महत्वपूर्ण हुन्छ । अझ कम्युनिस्ट पार्टीमा मालेमा वादी दृष्टिकोणको पे्रmममा नगइ त नयाँ ढंगले अघि बढ्न सकिने कुरै भएन । पार्टीभित्रको विचारधारात्मक संघर्षको संश्लेषणले पार्टी नयाँ बन्ने बाटो खुल्छ । माक्र्सवाद कुनै जड सूत्र होइन । कुनै धार्मिक गुरुग्रन्थ झैं जड भएर बस्दैन । यसलै माक्र्सवादको परिमार्जन लेनिनवाद हुँदै माओवाद वा विचारधारासम्म आइपुगेको छ । १८औं शताब्दीमा माक्र्सवादले मार्ग निर्देशन कम्युनिस्ट घोषणापत्र मार्फत गरेको थियो । यति मै कम्युनिस्टहरु बसेको भए आज कम्युनिस्ट आन्दोलन यहाँसम्म आउने थिएन । १९औं शताब्दीमा माक्र्सवादलाई सम्पन्न गर्न लेनिनवादका आधार विकसित भयो ।

तेस्रो विश्वका देशहरु वा अर्ध–सामान्ती तथा अर्ध–औपनिवेशिक देशको मुक्तिका लागि माओवाद कारगार सावित भयो । यी सार्वभौम सिद्धान्तको समीक्षा र देशको वस्तुस्थिति सामाजिक बनोटको आधारमा आजको अन्तरविरोधलाई विज्ञानसम्मत ढंगले हल गर्ने कार्यदिशाको निर्माण र त्यो अन्तर्गतको पहलकदमीले मात्र नयाँ नेपालको परिकल्पना गर्न सकिएको कुरा भुल्न मिल्दैन । अन्यथा टाउको फेरेर वा टाउको नफेरी पुनःनिर्माण भएको पार्टी संगठनको औचित्य सावित हुन्न । वाम राजनीतिले सधैँ समसामयिक परिवर्तनको माग गर्दछ । आर्थिक, सामाजिक रुपान्तरणको दैनिकी आम जनसमुदाय त्यस्तो संगठनबाट आशा गरेका हुन्छन् । यो माग छोड्ना साथ वामपन्थ दक्षिणपन्थमा पतन हुन्छ ।

यही विचार विमर्शसहित नीति–निर्माण गर्ने योजनाका साथमा ओवादी केन्द्रले पुसमा महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन गर्ने तय गरी त्यसै अनुसार तयारी अगाडि बढाएको थियो । तर, सम्मेलनलाई महाविधेशनमा रूपान्तरण गरेर महाविधेशनका सबै प्रक्रिया पूरा भएकोले सम्मेलनलाई महाधिवेशन र विचारको बहसको रुपमा रूपान्तरण गरिएको जनाउँदै सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण ग¥यो, कार्यकर्ताले चित्त बुझाए । तर, भने अनुसार भयो या भएन त्यो आन्तरिक समिक्षाको विषय होला ।

जनयुद्ध, जनआन्दोलन र परिवर्तनको पहरेदारको रुपमा हेर्ने हो भने माओवादी अन्तरनिहित अनेकौँ प्रश्न भने रूपान्तरणसँग जोडिएका छन् । शक्ति र गुमेको साख फर्काउने लक्ष किटान त दस्तावेजमा भए पनि त्यो पवित्र योजना र चाहनाले मात्रै समाज परिवर्तन हुँदैन भन्ने कुरा विगतका अनुभवबाट पुष्टी भइसके कै विषय हो । नयाँ घर बनाउन जति सजिलो हुन्छ भत्किएको, ढलेको घर फेरि बनाउन कठिन हुन्छ । दृष्टिकोण र आदर्शले निर्देशन गरेको पार्टी आचरण र जीवन व्यवहारसँग जोडिएका छन् या छैनन् यो मुख्य प्रश्न हो ।

माओवादीका सामू अब निकै ठूला चुनौति पनि छन् । पछिल्लो समय देशका मूलभूत समस्या कुनै पार्टी र नेताले एक्लै गर्ने अवस्था छैन । मिलेर नै देशको भविष्य अगाडि बढाउनुपर्ने बाध्यात्मक अवस्था पनि छ । देशमा मूलभूत रूपमा राजनीतिक व्यवस्थामा निकै ठूलो परिवर्तन आए पनि सामान्य जनताको जीवनयापन लगायतका आम सरोकारका विषयमा खासै परिवर्तन आउन नसकेको तीतो यथार्थ हाम्रोसामु छ । पार्टी सुदृढीकरण, माओवादीको मुख्य मुद्दाका रूपमा रहँदै आएको सामाजिक, आर्थिक रूपान्तरण अबको कार्यसूची हुनुपर्छ ।

महाधिवेशनपछिको नेतृत्वले नागरिक सपनाहरू साकार गर्ने अलौकिक योजना र बाटो समेत तय गर्नुपर्छ । सघन सकारात्मक सुधार र वैज्ञानिक प्रगतिशीलता ल्याउनुपर्छ । नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ । देशको आर्थिक, सामाजिक, नैतिक, मनोवैज्ञानिक तथा भौतिक विकासमा विशाल फड्को मार्ने अठोट गर्न सक्नुपर्छ ।

हुन त आचरणको विषयलाई नयाँ नेतृत्व र युवा पुस्ताले यसलाई कसरी लिन्छ, त्यसको विशेष अर्थ र महत्व हुनेछ । नारामा रूपान्तरण भनिएको छ, तर त्यो रूपान्तरणलाई कुन अर्थमा प्रयोग गरिन्छ भन्ने चुनौति पनि त्यतिकै गम्भीर छ । रूपान्तरणको अर्थ नैतिक मूल्य–मान्यता र निष्ठाको विजय हुनुपर्छ भन्ने हो । राजनीति भनेको बेइमानी र तत्कालको फाइदा होइन भन्ने सन्देश स्थापित गर्नु आवश्यक छ ।

महाधिवेशनबाट खारिएर जनतासँग आएका दलहरुले अब साँच्चै जनतालाई राजनीति फेरिएको महशुस गराउने हो भने महाधिवेशनबाट चुनिएको नेतृत्वले आर्थिक विकाससहित गरिबी र वेरोजगारी अन्त्यको दिगो मार्गचित्र तयार पार्नुपर्छ । पछिल्लो विश्व राजनीतिको सर्वप्रिय शब्द समृद्धि, समुन्नति, सम्मान र सर्वाधिक अपेक्षित अवस्था समाजवादको लक्ष्यमा पुग्ने रणनीति अनि नागरिकले प्रस्ट बुझ्ने गरी अनुपम योजना पस्कन सक्नुपर्छ । अब नेतृत्व र कार्यकर्ता सबैमा राजनीतिक नैतिकता, इमान र चरित्रमा सुधार आउनै पर्छ । कार्यशैली र आचरणमा सुधार आउनै पर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here