लेखनाथ जयन्तीमा साहित्य स्रष्टालाई सम्मान

२६ पुष २०७८, सोमबार मा प्रकाशित

बिर्तामोड ।

कवि शिरोमणि लेखनाथ पौडेलको १३८ औं जन्म जयन्तीको मनाइएको छ । पुस्तकालयले वर्षेनी विभिन्न कार्यक्रम गरेर लेखनाथ पौडेलको जन्म जयन्ती मनाउँदै आएको छ ।

जन्मजयन्तीको अवसरमा पत्रकारसहित विभिन्न बिधामा उत्कृष्ट १० जना साहित्य स्रष्टाहरुलाई सम्मान गरेको हो । भद्रपुर १० स्थित वाड कार्यालयमा सोमवार आयोजित कार्याक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान पुरस्कारबाट भारतको शिलगुडी निवासी साहित्यकार सुकराज दियालीलाई नगद ५१ हजार एक सय ११ सहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

भारतमा बसेर नेपाली साहित्यमा पुर्याएको योगदानको उच्च मुल्याङ्गन गर्दै उनलाई सम्मान गरिएको हो । त्यस्तै पत्रकार रेवतीराज घिमिरेलाई पनि कदर पत्रसहित सम्मान गरिएको जनाइएको छ ।

श्याम कृष्ण कामाक्ष श्रेष्ठसाहित्य सम्मान तथा पुरस्कारबाट बनियनी निवासी साहित्कार डिल्लीराज नेपाल , भत्तकिरण साहित्य सम्मान पुरस्कारबाट भद्रपुर निवासी भानुभक्त कुभिण्डेलीलाई सम्मान गरिएको बताइएको छ ।

त्यस्तै चुडामणी रेग्मी झर्रोशैली सम्मान पुरस्कारबाट विराटनगर निवासी मधु पोखरेल, तथा झापा जिल्ला स्तरिय छन्दोबद्ध कवि सम्मानबाट विर्तामोड निवासी ईन्द्रप्रसाद कट्वाललाई सम्मान गरिएको हो । श्यामकृष्ण कामाक्ष श्रेष्ठ छात्रा पुरस्सकारबाट आईसा श्रेष्ठ र स्वीकृति पौडेललाई सम्मान गरिएको छ ।

त्यस्तै शकुन्तला÷गणेशप्रसाद भट्टराई छात्रा पुरस्कारबाट कशिस श्रेष्ठ र श्रष्ठा सम्मानबाट भद्रपुर ७ र १० निवासी साहित्यकारहरु जनार्दन उप्र्रेती र खगेश्वर कोईरालालाई प्रदान गरिएको थियो ।

सोहि कार्यक्रमका वीच पुस्तकालयका नयाँ कार्य समिति पदाधिकारीलाई पदहस्तान्तरण समेत गरिएको थियो । चन्द्रगढकिो लेखनाथचोकमा रहेको कविशिरोमणीको शालिकमा मल्याअर्पण सहित भेला भएका साहित्यकारहरु विभिन्न कवितावाचनका साथ सभाहलमा पुगेर कार्यक्रममा परिणत हुन भएको थियो ।

निवर्तमान् अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशिष्ठ अतिथि कञ्चनजंगा एफ एमका प्रवन्धक निर्देशक चन्द्र भण्डारी , बरिष्ठ साहित्यकार चुडामणी रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । आरती पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह–सचिव हरि न्यौपानेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here