उर्लाबारीमा समावेशी शिक्षाको लागि तालिम

२६ पुष २०७८, सोमबार मा प्रकाशित

पथरीशनिश्चरे,

माेरङकाे उर्लाबारी नगरपालिकामा समावेशी शिक्षाको लागि शिक्षा तथा सहयोगी कार्यकर्ताहरुका लागि तालिम सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालिकाको आयाेजनामा आज बुधबार अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समावेशी शिक्षाका लागि शिक्षक तथा सहयोगी कार्यकर्ताहरूलाई १ दिने अभिमुखिकरण तालिम संचालन भएको हो ।

तालिमकाे समुद्घाटन कार्यक्रम उर्लाबारी नगरपालिका उप-प्रमुख लक्ष्मीदेवी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आजै , उप-प्रमुख लक्ष्मीदेवी भण्डारीकै अध्यक्षतामा बसेको राजस्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि राजश्वका नीति तय गर्दै राजश्वको प्रस्तावित दररेट भाेलि २७ गते पुनः बस्ने कार्यपालिका बैंठकमा पेश गर्ने निर्णय समेत गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here