पृथ्वीजयन्ती मनाउन कचनकवल र हल्दिबारीमा सार्वजनिक विदा

२७ पुष २०७८, मंगलवार मा प्रकाशित

 

झापा, झापाका दई वटा स्थानीय तहले आज सार्वजनिक विदा दिएका छन् ।

कचनकवल र हल्दिबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन भन्दै सार्वजनिक सूचना जारी गर्दै दुई वटा पालिकाले सार्वजनिक विदा दिएका हुन् ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अध्यक्ष अन्जार आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिकामातहत सञ्चालित सबै निकाय बन्द रहने जनाइएको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर नेपालकै होचो भू भागका रुपमा परिचित कचनकवलमा पृथ्वी नारायणको शालिक अनावरण गरिने भएको छ ।

यता हल्दिबारी गाउँपालिकामा समेत कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय, बिदा गरिएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो ।

१५ वटा स्थानीय तह रहेको झापामा कचनकवल र हल्दिवारी गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुन् । यस अघिका वर्षमा पनि दुवै गाउँपालिकाले आज सार्वजनिक विदा दिँदै आएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here