व्यवहार परिरवर्तन गरौं

२७ पुष २०७८, मंगलवार मा प्रकाशित

‘जसो–जसो बराजु, उसो–उसो नाति’ नेपालीको जिब्रोमा रहेको यो आहान हाम्रै अगुवाहरुको व्यवहार देखेर बनाइएको हुनसक्छ । बराजु भनेका हाम्रा अगुवा हुन् । पछिल्लोे पुस्ताले अगुवाहरु कै बानीको अनुशरण गर्छन् भन्ने मान्यता छ । यद्यपि यस्तो अनुशररण सकारात्मकतातर्फ देखिएकोे छैन । फेरि मानवीय प्रवृत्ति नै नकारात्मकतातर्फ बढी आकर्षित र केन्द्रित हुने कारणले अगुवा, नेता वा सम्मान गर्नुपर्ने व्यक्तिहरुको नक्कल गरेको हुनसक्छ । त्यसोे त अगुवाहरुले नियम र मापदण्डहरुकोे अवमानना गरेका उदाहरण खोज्दै जाँदा भेटिएलान् तर त्यस्तो उदाहरण हाम्रोमा गनीसाध्य छैन । भन्दै भनिन्छ– ‘सानालाई ऐन, ठूलालाई चैन’, यसको आशय पनि ठूलाबडाले नियमको पालना गर्दैनन् र उनीहरुलाई नियमभित्र बाँध्ने अधिकार प्राप्त व्यक्ति वा संस्थाले साहस पनि गर्न सक्दैन ।

विगत दुई वर्षदेखि विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसको जोखिम तेस्रो लहरका रुपमा बढेर गएको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । अहिले संक्रमण क्रमशः फेरि उकालो चढ्दै जाँदा देशका तिनै ठूला नेताहरु संक्रमित भएको सूचना आउन थालेको छ । जनस्वास्थ्यका विज्ञहरुले विगतदेखि नै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अनुरोेध गरिरहे । तर, राजनीतिक दलहरु ठूला–ठूला भेला, सभा र अधिवेशनमा रमाइ रहे । भीडभाड नगर्न सरोेकारवालाहरुको आग्रह विपरीत मास्क समेत नलगाउने लापरवाही चरमरुपमा बढ्दै गयो । अहिले कोरोनाकैै परिवर्तित रुप ओमिक्रोन समुदायस्तरमा विस्तार भइसकेको अनुमान गर्न थालिएको छ । तर, मास्क, सरसफाई, दूरी, भीडभाड लगायतका प्रतिबन्धात्मक र सुरक्षात्मक उपायको अवलम्वन व्यवहाररबाट हराउँदै गएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न गठित संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले संक्रमण दर गत साताभन्दा दोब्बरले बढेको जनाएकोे छ । उसकोे आइतबाराको बैठकले विद्यालय लगायत भीडभाड हुने स्थल बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । एकातिर विद्यालय तहका उमेर समूहमा खोप पुगेको छैन, अर्कोतिर खोप अभियान नै सुस्त देखिएको छ । साठी वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई दिइने भनिएको अतिरिक्त खोप पनि कार्यान्वयनमा आएको छैन । नेपाल प्रवेश बिन्दुमा पर्याप्त स्वास्थ्य सतर्कता नअपनाइएकोे, होल्डिङ सेन्टर, क्वारेन्टिन लगायतका सतर्कता रर सुरक्षा नगरिएको गुुनासो आइरहेको छ भने हवाई यात्रामा पनि सावधानी अपनाइएको छैन । संक्रमण दर बढ्दै गएर साढे नौ प्रतिशत पुुगिसकेको छ, संख्यासँगै अस्पताल भर्ना हुने दर पनि बढ्दै गएको छ । यस्तो अवस्थामा सत्ता गठबन्धनका माओवादी अध्यक्ष पुुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरु नैे संक्रमित भएका छन् । अनि पनि राजनीतिक दलहरु बेखबर जस्तै भेला, भेटघाट रभीडभाडमा आनन्द खोेज्दैछन् । यस्तोे मानसिकता र व्यवहार नहटाएसम्म जोखिम टर्ने छैन, न त नयाँ पुस्ताले उनीहरुलाई अनुशरण गर्न नै छाड्ने देखिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here