करेन्ट लागेर एक जनाको मृत्यु

२७ पुष २०७८, मंगलवार मा प्रकाशित

तेह्रथुम।

तेह्रथुमको फेदाम गाउपालिका–१ का ५२ बर्षीय अम्बरबहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढेर हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा उनलाई करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।

मृतक स्थानिय महाकाली माबि का प्रधानाध्यापक रहेको र घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here