जेसीजको एक वर्षे कार्यकाल : आत्मसन्तुष्टि र उपलब्धी

२८ पुष २०७८, बुधबार मा प्रकाशित

अनिल वाग्ले,

अघिल्लो वर्ष जनवरीमा बुधबारे जेसीज वर्ष २०२१ को अध्यक्षका रुपमा जिम्मेवारी लिँदै मैले युवाहरुको अन्र्तराष्ट्रिय संस्था जेसीजको चेन गलामा लगाएको थिँए । आज बुधबार (जनवरी १२) यो चेन मेरा मित्र मुकेश भट्टराईलाई गलामा सुम्पँदैछु । अर्थात् नेतृत्व हस्तान्तरण हुँदैछ । यो मेरालागि सुखद् क्षण हुनेछ ।

धेरै संस्थामा पदमा बसीरहन लुछाचुँडी हुन्छ तर जेसीज यस्तो संस्था हो, जुन संस्थामा एउटा व्यक्ति एक वर्षदेखि पुन सो पदमा दोहो¥याएर बस्न पाउँदैन । जेसीजमा, एक वर्षमा जुनपदमा रह्यो सो पदमा रहि पदीय जिम्मेवारीका बारेमा सिक्ने र निखारिनै पर्छ । जस्ले सिकेर निखारिन्छ ऊ समाजमा बिक्छ, जस्ले पाएर छोड्छ ऊ छोडिन्छ ।

जेसीज युवाहरुको सिकाइको विश्वविद्यालय हो । तालिमका माध्यमबाट सिक्ने सबैभन्दा उत्तम थलो युवाका लागि छ भने त्यो जेसीज नै हो । जेसीजको न जात हुन्छ, न धर्म नकि राजनीति । सबै अँटिने मन, सबै भेटिने आँगन भनेकै जेसीज हो ।

अन्तर्राष्ट्रिय संस्था जेसीज तालिमका माध्यमबाट युवालाई निखार्दै नेतृत्व क्षमताको विकास गरी समाजलाई योगदान दिन सक्ने नागरिक निर्माण गरेर समाजलाई हस्तान्तरण गर्ने लोकप्रिय संस्था हो ।

जेसीजमा लागेका सबै युवा सक्षम नै हुन्छन् भन्ने पनि होइन तर जो युवा साँच्चै केही गर्ने अठोटका साथ जेसीजमा प्रवेश गरेका हुन्छन् तिनीहरु सफल भएरै छाड्छन् । जेसीज अभियानमा लागेर आफ्नो नेतृत्व क्षमताका कारण सफल भएका उदाहरण प्रसस्तै छन् । ती उदाहरणका पात्रहरुमा आपूmलाई पनि समाहित गर्नु चाहिँ साँचो अर्थमा जेसीज अभियानमा लागेर पाएको उपलब्धी हो ।

१८ देखि ४० वर्ष, जहाँ पूर्ण जवानीको अनुभव रहन्छ । यहि बेला हो करियर बनाउने । यो समयमा जोस हुन्छ, त्यहि जोसका बिच जीवनको लक्ष्य प्राप्तिको मूल बाटो तय हुन्छ, साँच्चै जेसीज अभियानलाई पछ्याएर अघि बढेका युवा आप्mनो लक्ष्यमा सफल बन्न सक्छन् । तर लक्ष्य भेट्ने या लक्ष्यको समीप पुग्ने थोरै हुन्छन् । बास्तवमा त्यहि थोरै भित्र आपूm अटाउन सक्नु नै जेसीजको साँचो अर्थको ‘स्वाद’ हो ।

वास्तवमा मैले बुधबारे जेसीजको अध्यक्षको जिम्मेवारी पाइरहँदा मलाई साँचो अर्थको जेसीज स्वाद चाख्नु थियो । यो वर्ष सुन्दर बन्नुपर्छ, यो वर्ष कामले प्रभावित पार्नुपर्छ, यो वर्ष कामले नतिजा निकाल्नुपर्छ भन्ने अठोट गरेँे । गर्ने काम त्यहि भए तर केहि फरक ढंगले भएकि भन्ने लाग्छ । यो वर्ष धेरै कार्यक्रम गर्ने लक्ष्य थियो, त्यहि लक्ष्यलाई पछ्याउँदै ८४ वटा कार्यक्रम सम्पन्न भए, कार्यक्रमका लागि कार्यक्रम मात्र होइन हरेक कार्यक्रमले समाज र जेसीज युवाका लागि केहि पक्कै दियो ।

८४ वटा कार्यक्रम सम्पन्न हुँदा जेसीज सचिवालय भवन निर्माण भईरहेको छ । भवनको पहिलो तलाको ७५ प्रतिशत काम सम्पन्न भईसकेको छ । कोभिड महामारीका बीच भवन निर्माणका लागि २३ लाख बढी रकमको प्रतिवद्धता हुनु ठूलो उपलब्धीका रुपमा लिइएको छ ।

युवा र स्थानीय संघसंस्थाबीचको सम्बन्ध स्थापित हुन आवश्यक छ । अधिकाशं संघसंस्थामा युवाको प्रतिनिधित्व हुन जरुरी छ । यसलाई मध्यनजर गर्दै संघसंस्थासँगको सहकार्यलाई प्राथमिकतामा राखेको बुधबारे जेसीजले दुई एनजिओसहित २४ बटा संस्थासँग सहकार्यमा सामाजिक गतिविधि गर्नु अर्को उपलब्धी ठानिएको छ ।

युवालाई प्रोत्साहन हुन जरुरी छ, प्रोत्साहनले सकारात्मक नजिता ल्याउन सकिन्छ भनेर प्रत्येक महिना जेसीज अफ द मन्थ अवार्ड सार्वजनिक गरिरहँदा बुद्धशान्ति गाउँपालिकालाई जेसीजमा लागेका युवाले रकम संकलन गरेर गरिएको आर्थिक सहयोग सहित विभिन्न ९ वटा कोभिड लक्षित कार्यक्रम र १२ वटा विभिन्न तालिमले समाज र युवालाई प्रत्यक्ष फाइदा पुगेको अनुभुति भएको छ । एक विपन्न सुत्केरी महिला र एक विरामी बालकका लागि हामी जेसीले रकम संकलन गरेर गरिएको आर्थिक तथा खाद्यान्य सहयोगको क्षण धेरै ठूलो आत्म सन्तुष्टि मिलेको छ । सहयोग गर्न पाउँदा मन हर्षित हुन वास्तवमा जेसीजले नै सिकाएको छ ।

लागू औषध तथा दूव्र्यसनी न्युनिकरण अभियान अन्र्तगत स्थानीय निकाय र प्रहरीसँगको साझेदारीमा २१ जना लागू औषध प्रयोगकर्ता पक्राउ पर्नु, ३७ जना प्रयोगकर्ता सुधारकेन्द्रमा लैजाने वातावरण बन्नु र कुलतमा फँस्न लागेका २० जना वालबालिका परिवारको जिम्मामा बुझाउनु समाजका लागि नै ठूलो उपलब्धी हो । लागू औषध विरुद्धको अभियानले भयाभह स्थितिको चित्रण गरीरहेको छ, त्यो अवस्था समाजले मसिनो गरी बुझ्नु सबैभन्दा राम्रो प्रयास हो ।

व्यवसाय प्रवद्र्धनका लागि गरिएको कार्य, आहा स्कुल प्रोजेक्ट र जेसीज गतिविधिले समाजले जेसीजलाई र जेसी युवालाई हेर्ने दृष्टिकोणमा देखिएको परिर्वतन अझ सुखद् पक्ष हो । नेपाल जेसीजबाट विभिन्न ५ विधामा पुरस्कृत हुन सकेको बुधबारे जेसीजले समाजमा पु¥याएको योगदानको विभिन्न कोणबाट आएका चर्चाले युवालाई जेसीज प्रति आकर्षण बढाइरहेको छ ।

युवालाई नेतृत्व गर्न उत्प्रेरणा जगाउने बुधबारे जेसीजले पहिलो पटक प्रभावकारी रुपले कार्यान्यवनमा ल्याएको यस वर्षको थिम ‘नेतृत्व गर्न अगाडि बढ्नुहोस्’ ले सार्थकता पाएको छ । यस वर्ष विभिन्न संघसंस्थाको चुनावी मैदानमा बुधबारे जेसीजका पदाधिकारी र पूर्व अध्यक्षहरु अत्यधिक मतका साथ बिजयी हुनु सामान्य कुरा होइन, यो जित समाजको विश्वासको प्रतिक हो । यस्लाई जोगाउँदै थप उचाईमा पु¥याउन र पुग्न जरुरी छ ।

जेसीजले भन्ने गरेको १८ देखि ४० वर्षको उमेर मानव जिवनकै उर्बर उमेर हो । यो उमेरलाई सहि सदुपयोग गर्नुपर्छ भन्छ जेसीज । यो उमेर नै हो आपूmलाई प्रमाणित गर्ने उमेर । जेसीज युवाका लागि एउटा गतिलो प्लेट फर्म हो । जहाँ जुनसुकै परिवेश, भूगोल, धर्म, राजनीति, पेशा, समाजका युवाहरु आपूmलाई अब्बल दर्जाको नागरिक पुष्टि गर्न सक्ने वातावरण रहन्छ तर यत्ति हो त्यो वातावरणलाई कस्ले कति लिनसक्छ । मैले एउटा ठूलो अवसरका रुपमा लिएको छु ‘बुधबारे जेसीज वर्ष २०२१’ को पदलाई । एक वर्ष सो पदमा रहेर मैले कार्यभार सम्हालेँ । वर्ष २०२१ लाई जेसीज अभियानको एउटा कालखण्डका रुपमा इतिहासले मूल्याङ्कन गर्ने नै छ ।

पोखरीमा पौडी खेल्नुपर्छ, मैदानमा दगुर्नुपर्छ, । पोखरी र मैदान जेसीज हो भने त्यहाँ को कसरी पौडी खेल्छ र दगुर्छ त्यो उसैमा पर पर्ने कुरा हो, तर अवसरको ढोका खोलिदिने युवाहरुको अन्तराष्ट्रिय संस्था जेसीजले युवालाई समान अवसर र जिम्मेवारी दिएको हुन्छ । जस्ले अवसर र जिम्मेवारी बोध गरी सोहि अनुरुप लाग्न सक्छ ऊ समाजमा भोलीका दिनमा बिक्न सक्छ, नभए एउटा सामान्य नागरिक मात्र रहन्छ, त्यस्ता नागरिकको भिडमा टाउको गन्ने काम मात्र गरिन्छ ।

‘एक व्यक्ति, एक पद, एक कार्यकाल, एक वर्ष’ जेसीजको सबैभन्दा सुन्दर पक्ष नै यहि हो । ३६५ दिनमा दिनरात, घामजुन, जाडोगर्मी सबै समेटिन्छन् । यसैभित्र ७ बार पनि पर्छ, १२ महिना पनि पर्छ, सबै ऋतुको चक्र पनि पूरा हुन्छ, यहि ३६५ दिन अर्थात् १ वर्षमा नेतृत्व क्षमता पुष्टि गर्ने अवसर जेसीजले हरेक युवालाई प्रदान गरिरहेको हुन्छ । त्यो अवसर र चुनौतीलाई सामना गरेर टिम वर्कमा आप्mनो क्षमता पुष्टि गरी क्षमतावान नागरिकको रुपमा चिनाएर जेसीजले समाजमा युवालाई हस्तान्तरण गर्नेगर्छ । अनि सिकाइको विश्व विद्यालय जेसीजमा पाएको ज्ञानसीपले ती युवा सफल बन्न सक्छन्, समाजको नेतृत्व गर्न सक्छन् । अनि समाज र राष्ट्रलाई योगदान दिन सक्छन् । त्यसैले जेसीज सिकाइको विश्वविद्यालय हो ।

(लेखक वाग्ले बुधबारे जेसीज २०२१ का अध्यक्ष हुनुहुन्छ ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here