स्वच्छ र शितल नेपालको अपरिहार्यता

२८ पुष २०७८, बुधबार मा प्रकाशित

नेपाल प्राकृतिक सौन्दर्यले समृद्ध देश हो । यसको सौन्दर्य उजिल्याउन प्रकृतिकै एउटा अंश चराहरुको पनि छुट्टै र विशेष योगदान रहेको छ । चराहरुको राजधानी नै भनिन्छ यहाँका सिमसार क्षेत्रहरुलाई, जहाँ झण्डै नौ सय प्रजातिका चराचुरुङ्गीहरु रमाएर बसेका छन् । तिनमा दुई सयकोे हाराहारीमा जलपन्छी मात्रै छन् । नेपालमा पाइने चराहरु मध्ये झण्डैै एक सय प्रजातिका चरा बटुवाका रुपमाा प्रवेश गर्छन् जो रुस, किर्गिस्तान, मंगोलिया, चीन, कोरियाबाट जाडो छल्नका लागि नेपाल आउँछन्् र फेरि स्थायी बाासस्थान फर्किन्छन् । त्यस्तैे केही चराहरु गर्मीयाममा थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, दक्षिण भारत र श्रीलंकाबाट आउँछन््, यतै बच्चा काढ्छन्, हुुर्काउँछन् र फर्किन्छन् । हावापानीको विविधता, यहाँकोे हिमाल, हरियो पहाड, हराभरा जंगल, स्वच्छ पानी, अटुट झर्ना, चिसो र तातो मौसम, छिटोे पुगिने कारणले नेपाल चराहरुको आकर्षणको केन्द्र बनिएको चरा विज्ञहरु बताउँछन् ।

आज विकासका नाममा वन विनाश भइरहेको छ । सिमसार क्षेत्रमा क्षति पुु¥याइएको छ, कृषिमा विषादीको अत्यधिक प्रयोग, नदीनालामा घरेलु तथा औद्योगिक क्षेत्रको प्रदुषण मिसाएर चराचुरुङ्गीकोे बाटो छेकिँदैछ । उनीहरुको चरन क्षेत्र मासिँदैछ र तिनकोे प्रजनन् क्षेत्रहरु पनि नष्ट गरिँदैछ । हाम्रा कोशी टप्पुु वन्यजन्तु आरक्षण क्षेत्र, नारायणी, चितवन राष्ट्रिय निकुञ्ज, कपिलवस्तु, बर्दियादेखि उच्च हिमाली क्षेत्र र देशका विभिन्न ठाउँमा रहेका सिमसार क्षेत्रहरु चराचुरुङ्गीहरुको मुख्य बासस्थल हुन् । तर, बढ्दो जनसंख्या, यसले बढाएको प्रदुषण, वन क्षेत्रको अतिक्रमण र वातावरणीय ह्रासका कारण धेरै प्रजातिका चराचुरुङ्गीहरुको संख्या र आगमन घट्दो क्रममा रहेको छ । जैविक विविधता पृथ्वीको संरक्षणका लागि महत्वपूर्ण आधार हो भने त्यसको संरक्षण मानिस मात्रको दायित्व होे । त्यसैले मानिसका गतिविधि जैविक विविधताको प्रतिकूल हुनेगरी सञ्चालन गरिनु हुन्न । तर, राजधानी काठमाडौैं नै वातावरण विनाशको केन्द्र बन्दैछ । त्यहाँस्थित नारायणहिटी दरवार क्षेत्रमा रेष्टुरेन्ट सञ्चालन गर्ने भन्दैै भएको प्रकृति नष्ट गरिएको छ । यो र यस्ता कार्यले काठमाडौैं आफैं आगन्तुक चराहरुको बासस्थल बन्न छाडेको छ ।

चराहरुको स्वर्ग भनिने कपिलवस्तु जिल्लाका सिमसार क्षेत्र पनि क्रमशः अतिक्रमण र प्रदुषणको चपेटामा पर्दै गएकोे छ । तालमा डुङ्गा चलाउने, माछा मार्ने जस्ता गतिविधिले चरा विस्थापित हुँदै गएका छन् । हिउँदमा मात्रै एक सय पचास र गर्मीयाममा पैैंसठ्ठी प्रजातिका चराहरु पाहुना बनेर आउने क्रमलाई जोेगाउन नसकिए हाम्रो सौेन्दर्यमा दाग लाग्नेछ । चराचुरुङ््गी, जलपन्छीहरु घट्दैै गए भने वातावरणाीय कुप्रभाव बढेर जानेछ । वनस्पतिको प्रजननमा चराचुरुङ्गीकोे भूमिका रहने भएकाले बोटबिरुवाको संरक्षणका लागि पनि चराको प्रतिकूल हुने े क्रियाकलाप बन्द गरिनु पर्छ । प्रकृति र हरियालीका शत्रुुलाई कडाभन्दा कडा सजाय गराउन, वातावरणको महत्व जगाउन कोही सुन्दरलाल बहुगुणा जन्मिनुपर्छ । होइन भने स्वर्ग जस्तै सुन्दर, स्वच्छ, शाान्त र शितल नेपाल मानिस बस्न लायक रहने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here