बृद्धाश्रमद्वारा नाम परिर्वतन

२८ पुष २०७८, बुधबार मा प्रकाशित

बिर्तामोड ।

बिर्तामोड–४ मा रहेको बृद्धाश्रमले नाम परिर्वतन गरेको छ । परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाश्रमले नाम परिवर्तन गर्दै हाम्रो साझा घर नामाकरण गरेको बताइएको छ ।

विधान संशोधन गर्दै नाम परिर्वतन गरिएको अध्यक्ष विक्रम मादेनले जानकारी दिए । पररोपकार तथा अनुसन्धान केन्द्रको १२ आौं साधारण सभाले सरकारको चहाना अनुसार नाम परिर्वतन गरेको बताइएको छ ।

यसैबीच तीन वर्षे कार्यकालका लागि विक्रम मादेनको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सूर्यनारायण गणेश, सचिव कल्पना दाहाल, सहसचिव चन्द्रप्रसाद ओली, र कोषध्यक्षमा विष्णुदिदी कार्की चयन भएका छन् ।

समितिको सदस्यहरुमा हरिप्रसाद सिटौला, विष्णुप्रसाद उप्रेती, प्रेमबहादुर कार्की, विशाल शिवाकोटी, सुशिला श्रेष्ठ र गोपालप्रसाद प्रसाई रहेका छन् । संस्थाका अध्यक्ष मादेनको अअध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष कूलप्रसाद संगौलाको प्रमुख आतिथ्य रहेको थियो ।

संस्थाका सहसचिव विष्णुप्रसाद उप्रेतीले वार्षिक कार्यपत्र, लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा शिक्षा सेवी गणेश खनाल, डा.हिराबहादुर श्रेष्ठ,लक्ष्मीप्रसाई, सूर्यनारायण गणेश, चिरनजीवि अधिकारी, संगिता रौनियार लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद सिटौलाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here