दुहागढी ।

बाल सुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापा “तिरान उत्कृष्ट शिक्षा पुरस्कार” बाट पुरस्कृत भएका छन् ।
चारआली जेसिजले आफ्नो आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा सोही संस्थाका वर्ष २०१९ का अध्यक्ष उत्तम प्रसाद पकुवालले आफ्ना हजुरबुवाको सम्झनामा स्थापना गर्नु भएको चिरान अक्षयकोष मार्फत थापालाई पुरस्कृत गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी र अक्षयकोषदाता परिवारले संयुक्त रुपमा सम्मान पत्र सहित ५ हजार प्रदान गरी थापालाई सम्मान गरेका थिए । सोही कार्यक्रमका बीच चारआली जेसिज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले स्थापना गरेको विष्णुलाल मन्दना अक्षयकोष सहयोग क्यान्सर पिडित राजकुमार विश्वकर्मालाई प्रदान गरिएको थियो ।
पद हस्तान्तरण कार्यक्रममा जेसीज अफ द इयर महासचिव विर बहादुर बेघा, उकृष्ट कोअर्डिनेटर विवेक सुन्दास र बेस्ट लोम अफिसर अवार्डबाट भुपेन्द्र प्याकुरेललाई सम्मानित गरिएको थियो । कार्यक्रममा वर्ष २०२२ का लागि विरबहादुर बेघाको अध्यक्षतामा गठित नयाँ कार्य समितिलाई सपथ ग्रहण तथा पद हस्तान्तरण समेत गरिएको थियो ।
सोही कार्यक्रममा अध्यक्ष बेघाले महासचिवमा सुजुप सुवेदी, कोषाध्यक्षमा कुमार तामाङ्ग, कानुनी सल्लाहकार संगित शिवाकोटी र जनसम्पर्क अधिकारीमा सञ्जय निरौलालाई मनोनयन गरेको घोषणा गरेका थिए । चारआली जेसीज वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुजुप सुवेदीले गरेका थिए ।































