बिपन्न विद्यार्थीलाई न्यानो कपडा

२८ पुष २०७८, बुधबार मा प्रकाशित

विमल दहाल, माई ।

नमुना युवा समुह माई-४ को आयोजना स्थानीय ३ सय ६० जना बिपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

देशबिदेशमा रहेका ४२ जना मनकारीहरुको सहयोगमा न्यानोकपडा बितरण गरिएको साउदी अरबमा कार्यरत माई-४ का नरकुमार मगरले जानकारी दिनुभयो ।

न्यानो कपडा सहयोग अन्तरगत त्रिभुवन आधारभुत बिद्यालय-सुखानी ८० थान, दिपज्योती आधारभुत बिद्यालय-कट्टेलटारमा ३५ थान, सिंहदेबी आधारभुत बिद्यालय-सिजालीटार १७ थान र गरुवा आधारभुत बिद्यालय-शुक्रबारे बजार -२२८ थान ज्याकेट प्रदान गरिएको नर कुमार मगरले जानकारी दिनुभयो ।

त्यस्तै स्थानिय १८ परिवारलाई १८ थान ब्ल्याङ्केट समेत प्रदान गरिएको नमुना युवा क्लबका अध्यक्ष मनोज नेम्बाङले जानकारी दिनुभयो ।

यता माई-९ चिसापानीमा पनि देश बिदेशबाट संकलित रकमबाटपनि बिधालय तहमा सुईटर बितरण गरिएको छ । गुनमुने आधारभुत बिधालयमा ८४ थान र आदर्श आधारभुत बिधालयमा ६८ थान सुईटर बितरण गरिएको छ ।

थप बिधालयमा बिपन्न बिधार्थीलाई बितरण गरिने न्यानो कपडा बितरण कार्यक्रमका संयोजक राकेश तामाङले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here