माघीमा तीन दिन सार्वजनिक बिदाको माग

0
516

कञ्चनपुर,

शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।

उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् ।

“बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौँ”, आदिवासी जनजाति सङ्घका सभापति हवलदार चौधरीले भन्नुभयो, “नगर प्रमुखले यसबारे सकारात्मक जफाव दिनुभएको छ ।”

नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो । नगरपालिकामा बहुसङ्ख्यक थारु जनजातिको बसोबास रहेको छ । थारु समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् । यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here