कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संग्लग्न पक्राउ

२९ पुष २०७८, बिहीबार मा प्रकाशित

संखुवासभा।

संखुवासभाको खाँदवारी नगरपालिका–१ का ४० बर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

क्राउ पर्नेमा सुङदेल-३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् । मृतक र अभियुक्त बीच पौष २६ गते राती बादबिबाद भएको र बादबिबादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाईते भएका थिए ।

घाईते भएका राईको बुधवार बिहान मृत्यु भएको हो । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here