अनुभवबाट सिकौं

२९ पुष २०७८, बिहीबार मा प्रकाशित

सरकारले संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसका आधारमा सर्वाधिक जोेखिमको क्षेत्रमा पर्ने शिक्षण संस्थाहरु माघ १५ गतेसम्मका लागि बन्द गरेको छ । यस अनुसार देशभरका माध्यमिक तहसम्मका सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द भएकोे छ । पछिल्लो परीक्षणमा प्रत्येक दिन कोरोना भाइरस संक्रमण हुनेकोे संख्या आक्रामक ढंगले बढेको पाइएपछि शिक्षण संस्थामा भौतिक उपस्थिति रोक्न विद्यालय बन्द गर्नुपरेकोे अधिकारीहरुले बताएका छन् । एक हप्ता कैे अन्तरालमा दैैनिक संक्रमितको संख्या सयबाट बढेर झण्डै अढाई हजारमा पुगेको छ । यहीक्रम केही दिन यथावत रह्यो भने हाम्रो स्वास्थ्य सेवा प्रदायक संस्थाले थेग्न नसक्ने सम्भावना देखिँँदैछ । सरकारले विगतकोे अनुभवबाट पाठ सिकेर यसपटक बेलैमा सावधानी अपनाउन शुरु गरेको छ । पच्चीस जनाभन्दा बढी उपस्थित हुने सभा, गोष्ठी, सामाजिक एवम् सार्वजनिक कार्यक्रमहरु बन्द गर्न निर्देशन दिएको छ। त्यसैगरी गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुमार्फत संक्रमण रोकथाम, नियन्त्रण सम्बन्धी आठ बुँदे आदेश जारी गरिसकेको छ ।

संक्रमण रोकथामको सर्वोच्च उपाय भनेकै खोप हो । तीन करोड जनसंख्या भएको देशमा अढाई करोडभन्दा बढी कोरोनाविरुद्धकोे खोप प्रयोेग भइसकेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुुमार अधिकारीले अहिले एकदिनमा पाँँच लाख खोप दिन सक्ने क्षमता मन्त्रालयसँग रहेको बताएका छन् । स्थानीय तहसँगकोे समन्वयमा खोप अभियान जनताको घरदैलोमा पुगिसकेकोे सरकारको दाबी छ । यस्तोमा आममानिसले थोेरै सचेत, सावधान र स्वास्थ्यका मापदण्डको पालनामा इमान्दाररहनु हो भने ठूलो संकटबाट आफू, परिवार, समाज र देशलाई बचाउन सकिन्छ । कवल बाह्र वर्षमुनिका बालबालिकाका लागि दिन मिल्ने खोप नेपाल आइनसकेको कारण परिवार, समाज, मन्त्रालय र सरकारको ध्यान त्यही वर्गको सुरक्षामा केन्द्र्रित हुनुपर्ने खाँचो छ। सम्भवतः त्यही सतर्कता अनुसार देशभरका माध्यमिक तहसम्मका विद्यालयहरु बन्द गरिएको हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको जनस्वास्थ्यका मापदण्डहरुको पालना प्रत्येक मानिसका लागि महत्वपूर्ण उपाय हो । संक्रमणको जटिल स्थितिबाट मुक्ति पाउन सरसफाई, भीडभाड नियन्त्रण र सचेतना मुुख्य उपाय हो । त्यसैगरी उच्च जोखिममा रहेका व्यक्ति र वर्गलाई सरकारले अतिरिक्त खोपकोे व्यवस्था पनि तत्काल गर्नुपर्छ । यी सबैैका अतिरिक्त संक्रमण र त्यसको असरबाट जोगाउन अस्पताललाई तयारी अवस्थामा राख्नुपर्दछ । देशभर स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउन शय्या, अक्सिजन, भेन्टिलेटर, एचडीयु, आइसीयु लगायतका सेवाहरु दुरुस्त बनाउँदै परीक्षणलाई तीव्रता दिनुपर्दछ । यी सबैे मध्येकै सरल र प्रभावकारी उपाय भनेको स्वयम्को सचेतना नै हो । यतातर्फ सबैको ध्यान जानुपर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here