चारपाने । 
समाजिक ब्यक्तित्व तथा नेपाल दशनामी समाजका ज्येष्ठ सदस्य बिर्तामोड नगरपालिका– २ स्थित चारपानेका अम्वरबहादुर गिरीको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित गिरीको राती १ बजे चारपानेस्थित आफ्नै निवासमा ८५ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्व. गिरीका श्रीमती मधुमाया गिरी, छोरा एकराज गिरी र हेमराज गिरी (राजु), ५ जना छोरी, नातीनातिनि रहेका छन् ।
स्व. गिरीको विहीबार कनकाई माईस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।v































