त्रिनेत्र बहुउद्धेश्यीयको १९औं सभा सम्पन्न

२९ पुष २०७८, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको बिर्तामोड–४स्थित त्रिनेत्र बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष केशवकुमार खड्काको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका उपसचिव कृष्णप्रसाद मिश्रले उद्घाटन गरेका थिए ।

सभामा अध्यक्ष खड्काले संस्थाको गत आर्थिक वर्ष ०७७/०७८को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक गणेशबहादुर रायले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ५४ लाख ६४ हजार तीन सय रुपैयाँ, कोषमा २३ लाख १६ हजार २७ रुपैयाँ २४ पैसा, निक्षेप एक करोड ५४ लाख ३३ हजार छ सय ३९ रुपैयाँ, कर्जा लगानी तीन करोड ३२ लाख २० हजार चार सय नौ रुपैयाँ, जम्मा आम्दानी ५९ लाख २७ हजार नौ सय ७२ रुपैयाँ १८ पैसा र जम्मा खर्च ५८ लाख चार हजार दुई सय ८४ रुपैयाँ ५५ पैसा उल्लेख गरिएको छ ।

लेखा समितिका संयोजक रायले स्वागत मन्तव्य व्यक्त गरेको सभामा बिर्ता धनलक्ष्मी साकोसका अध्यक्ष चन्द्र काफ्ले, जलेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद खतिवडा, जनमैत्री साकोसका व्यवस्थापक ठाकुर पोखरेललगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन व्यवस्थापक चन्द्रदास खरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here