लेखक घिमिरेको विविध ज्ञान वाटिका काव्य संग्रहको विमोचन

२९ पुष २०७८, बिहीबार मा प्रकाशित

अर्जुनधारा । 

लेखक मोहनप्रसाद घिमिरेको विविध ज्ञान वाटिका काव्य संग्रह बिहीबार एक कार्यक्रमकोबीच विमोचन गरिएको छ ।

अर्जुनधारा नगर भाषा, कला, साहित्य तथा संस्कृति प्रबद्र्धन समितिकी संयोजक सुशिला सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार गणेशप्रसाद निरौला र नगर प्रमुख हरिकुमार रानाले उक्त संग्रहको संयुक्तरुपमा विमोचन गरेका थिए ।

समितिकी संयोजक सुवेदी प्रकाशक रहेको उक्त संग्रहमा कविता, एकश्लोकी ज्ञान, सुक्तिपरक सन्देश, अनमोल वचन, नैतिक शिक्षा आदि समावेश गरिएको छ ।

गोपाल संग्रौलाले प्रकाशित कृतिको समिक्षा गरेको कार्यक्रममा नगर प्रमुख राना, उपप्रमुख कमला खतिवडा आचार्य, ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामप्रसाद भट्टराई, नविन कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नगर पूर्वाधार समितिका संयोजक रमेश त्रिखत्रीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य चर्तुभूज काफ्लेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here